मलेसियामा नेपाली खेलाडीलाइ स्वर्ण पदक

मलेसियामा नेपाली खेलाडीलाइ स्वर्ण पदक

मलेसियमा सम्पन्न १४ औ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो कराते प्रतियोगितामामा नेपाली खेलाडी कर्ण बहादुर राई लाइ स्वर्ण पदक प्राप्त भएको छ । गत मे ६ तारीखमा २०१७ मा इपो,पेराक,मलेसियामा भएको खेलमा पदकधारी राईले नेपालको तर्फबाट ८४ केजी तौल समुह मुनिको प्रतियोगितामा स्वर्ण पदक हात पारेका छन ।
कर्ण राईले भारत ,मलेशिया,इन्डोनेशिया र पुन फाइनलमा मलेसियालाई हराउदै स्वर्ण जितेका हुन । यसै गरि अर्का नेपाली खेलाडी तुलाराम धामीले ५५ केजी मुनि को तौल समुहमा ईन्डिया र मलेसियालाई जितेर पुन मलेसियासँग सेमिफाइनलमा पराजित भएर कास्य पदकमा चित्त बुझाउनु पर्यो ।
उक्त प्रतियाेगितामा मलेसिया,नेपाल,ईन्डिया,बङलादेश,इन्डोनेशिया ,स्विडेन र फिलिपिन्सको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्