कोलकता नाइट राइडर्सलाई पराजित गर्दै किंग्स इलाभेन पञ्जाबले दशौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । मंगलबार राति भएको खेलमा कोलकतालाई १४ रनले पराजित गर्दै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो ।
मोहालीमा घरेलु टोलि पञ्जाबले दिएको १६८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ्ग गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १५३ रन बनाउन सक्यो । कोलकताका क्रिस लिनले ८४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै कलकताका सुनिल नरिन र मनिष पाण्डेयले समान १८ – १८ रन बनाए । पञ्जाबका मोहित शर्मा र राहुल तेवातियाले दुसमान ई दुई विकेट लिए ।
यसअघि पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार गरेको थियो । पञ्जाबका लागि कप्तान ग्लेन म्याक्सवेलले ४४ तथा ऋद्धिमन शाहले ३८ रनको योगदान दिए । त्यस्तै मनन बोहराले २५ रन बनाए । कोलकताका क्रिस वोक्स र कुलदीप यादवले दुई दुई विकेट लिए ।
जितसँगै लिगमा दुई खेल बाँकी हुँदा पाँचौं स्थानमा रहेको पञ्जाबले १२ अंक बनाएको छ । पञ्जाब चौथो स्थानको हैदरावाद भन्दा तीन अंकले पछि छ । यता पञ्जाबसंगको हारले कोलकता दुई खेल अगावै प्ले अफमा पुग्न असफल भयो । पराजित भएपनि दोस्रो स्थानको कोलकताको १६ अंक छ ।