आइपिएल : किंग्स इलेभेन पन्जाबले हरायो मुम्बई इन्डियन्सलाई

आइपिएल : किंग्स इलेभेन पन्जाबले हरायो मुम्बई इन्डियन्सलाई

घरेलु टोली मुम्बई इन्डियन्सलाई पराजित गर्दै किंग्स इलेभेन पन्जाबले दशौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा जाने सम्भावना कायम राखेको छ । बिहीबार राति भएको खेलमा शीर्ष स्थानको मुम्बईलाई ७ रनले पराजित गर्दै पन्जाबले शिर्ष चारमा रहने सम्भावना जीवित राखेको हो  ।

मुम्बईस्थित वान्खाड़े क्रिकेट स्टेडियममा पन्जाबले दिएको २३१ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२३ रन मात्र बनाउन सक्यो । फराकिलो लक्ष्य पछ्याउने क्रममा मुम्बईका लागि लेण्डल सिमोन्सले ५९ र किरोन पोलार्डले अविजित ५० रन बनाए पनि जित दिलाउन सकेनन् ।

यस्तै पार्थिव पटेलले, ३८ हार्दिक पाण्डेयले ३० तथा  कर्ण शर्माले १९ रन बनाए । पञ्जाबका मोहित शर्माले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ पन्जाबले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमायर २३० रन उच्च योगफल बनाएको थियो । पन्जाबको लागि ऋद्धिमान शाहले अविजित ९३ रनको योगदान दिए ।

त्यस्तै कप्तान ग्लेन म्याक्सवेलले ४७, मर्टिन गुप्टिलले ३६ तथा  सौन मार्सले २५ रन बनाए । मुम्बईका मिचेल म्याक्लेनेगन, जसप्रित बुम्राह र कर्ण शर्माले समान एक एक विकेट लिए ।

यो जितसँगै पन्जाब १३ खेलबाट १४ अंक जोडेर लिगको पाँचौ स्थानमा उक्लिएको छ । र, यो जितले उसको शिर्ष चारमा रहदै प्लेअफमा पुग्ने सम्भावना कायमै छ । पराजित मुम्बई भने यसअघिनै प्लेअफमा पुगिसकेको छ । शिर्ष स्थानको मुम्बईको १८ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्