विराटनगरमा छुरा हानिएका जितेन्द्र भन्छन् ‘मलाइ बिना कारण छुरा हान्यो’

विराटनगरमा छुरा हानिएका जितेन्द्र भन्छन् ‘मलाइ बिना कारण छुरा हान्यो’

प्रेम देवान
विराटनगर २ जेष्ठ । ताप्लेजुङ्ग विधुत प्राधिकरका हाकिमका चालक माथी अन्धाधुन्ध चक्कु प्रहार हुदा सक्त घाईते भएका छन् । क्षेत्रिय विधुत कार्यलय विराटनगरमा अफिसियल काम विशेषले आएको बेला विराटनगर शुक्रबारे बस्दै आएका ३५ वर्षिया जितेन्द्र मेहेता माथी सो घटना भएको खुलासा भएको छ । ताप्लेजुङ्ग विधुत प्राधिकरका हाकिम शिव जी शाहको कार्यलयको काम सकिएपछि चालक हाकिमलाई घर छोड्न विराटनगर १५ पाञ्चाली गएका थिए । चालकले हाकिमलाई अफिसको गाडी सहित घरमा छोडेर चालक आफ्नो मोटर साईकलमा शुक्रबारे तिर घर फर्कदै गर्दा कोशी प्रोजेक्ट मोडमा उनी माथी चक्कु प्रहार भएको हो ।
यसरी भयो जितेन माथी छुरा प्रहार

‘म हाकिम सरलाई घर छोडेर राती ८ बजे तिर फर्कदै थिए ’,– न्यूरो हस्पीटलमा मा उपचारर्थ गरिरहेका घाईते चालकले आवर विराटनगर डट नेट सँग कुरा गर्दै भने , कोशी प्रोजेक्ट नेर मोडमा राजु भनिने व्यक्ति टन्न रक्सी खाएर विच बाटो मै मेरो मोटरसाईकल अचानक रोक्यो अनि मलाई तथानाम गाली दिन थाल्यो’ मोटरसाईकलमा म र भाई थियौं , भाई र म भएर सम्झाउन थाल्यौं तर उसले झन गाली गर्दै आफ्नो शरिरमा लुकाएर राखेको छुरा निकालेर मलाई सिंदै पेटमा प्रहार गर्यो । पेटमा छुरा हानेको देखेर भाई गुहार – गुहार गर्दै कराउन थाल्यो , तर पनि कसैले नसुने पछि भाई चाही भाग्यो ‘म पनि सकि– नसकि छेउमा रहेको हिल टप भन्ने होटलमा छिरे होटलमा पनि धेरै मानिस थिए तर कसैले पनि मलाई सहयोग गरेनन् । त्याे व्यक्ति मेरो पिछा गर्दै आएर फेरी म माथी वियरको बोतलले हान्यो म अचानक बेहोस भए त्यस पछि मलाई केही होस नै भएन , उनले हस्पिटलमा यसरी आफु माथी भएको घटनाको बारेमा हामीसँग कुरा गरे । घाईते चालक भन्छन्– ‘ त्यो मान्छेलाई म चिन्दिन पनि सुनेको थिए पहिले पनि जेलबाट निस्कीएको मान्छे रहेछ !’ सामान्य बादविवादमै आफू माथी छुरा हान्ने व्यक्तिलाई प्रहरीले कारबाही गर्नु पर्याे उनी भन्छन् । घाईते चालकको टाउकोमा चोट र पेटमा छुरा प्रहारबाट उनको आन्द्राको मासु बाहिर निस्किएको छ । हस्पिटलले उनको पेटको अप्रेशन गर्नु पर्ने जनाएको छ । उनलाई सोही ठाउँमा बस्ने राजु बैद्यले छुरा प्रहार गरेको इलाका रानी प्रहरी कार्यलयले जनाएको छ । छुरा प्रहार गर्ने व्यक्ति कोशी प्रोजेक्ट स्थित ट्रान्सपोर्टर काम गर्ने व्यक्ति हुन् । छुरा प्रहार गर्ने बैद्य फरार रहेकाले खोजी कार्यलाई तिव्र बनाईरहेको प्रहरी रानी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्