कुलमान घिसिङलाई खुल्ला पत्र !!

कुलमान घिसिङलाई खुल्ला पत्र !!

आदरणीय कुलमान घिसिङ ज्यू।

तपाईको उज्यालो अभियानकै कारण बिजुलिकै उज्यालोमा बसेर आजैको दिन म एक सेवाग्राही यो अनुभव लेखेर पठाउदै छु।

घरको मेन मिटर सारिपाउँ भनी रित पुर्याइ हालेको आवेदनको कार्यान्वयन आज करिब ४ महिना पछि कार्यान्वयन हुदा खुसी लागेको छ। कैले सिल कर्मचारी छैन, एकजना छ, बिदामा छ, वर्षदिनको बिदा, चुनाव बिदा...के के हो बहान छिचोल्दै, हिजो जेठ ४ गते बिहार, दिउँसो सेवा पाएँ धन्यवाद।

आजै खुब गजबको अनुभव पनि भयो, भ्रस्टाचारको संजाल कति गहिरो र जबर्जस्त रहेछ। सप्रमाण बोल्दै छु हजुर, काम सकिएको मुचुल्का जस्तो भर्पाइ विधुत प्राधिकरणका कर्मचारीले मेरो हातमा थमाएर रु ११३५ रुपैयाँ 0.4 तार फेरेको भनेर विना बिलको रकम मागे। राजस्व हो भने म आफैँ अफिसमा गएर तिर्छु भने। कर्मचारीले पकेट खर्च माग्नु भो, गर्मीमा काम गरेको भाइ भनेर संगै बसेर ३५/३५ रुपैयाँ को कोकाकोला हामी दाजुभाइले खायौं। म नयाँबजारको ग्राहक, अर्को ग्राहक डिल्लिबजारको महर्जन परिवारको वृद्ध हुनुहुन्थ्यो, घरमा म एक्लै छु, ट्याक्सीमा आउनुहोस, ट्याक्सीको भाडाको बिल म तिरिदिन्छु भन्नू भएको थियो। मैले वहाँलाई डिल्लिबजार पिपलबोट मेरो बाइकमा राखेर पुर्याएं ताकी अर्को एकजना ग्राहकले छिटो सेवा पाओस भनेर। मैले कर्मचारीलाई, मैले दिने पकेट खर्छ ट्याक्सी भाडा ठानुहोस भन्दा वहाँ सहमत हुनु भो। वहाँले मलाई फायल थमाएर अफिसमा गएर राजस्व तिर्न भन्नू भो। म त्यहीँ बाट रत्नपार्क अफिस पुगे। फायल जिम्मालगाएर हिड्न लागेको थिए, अघि डिल्लिबजारमा छोडेको कर्मचारीले फोन गरेर, पकेट खर्च नदिएको र तार बदले बापतको सुल्क भनेर ११३५ को भौचर कटाउनु भन्नू भएको रहेछ। मलाई संका त्यतिबेला भो जब, एकजना सुब्बा साप ले, हैत अघि नै कर्मचारी (टेक्निसियन) लाई पकेट खर्च हजार/पन्द्रसय हातमा थमाइ दिनुभएको भए भै हाल्थ्यो नि !! भन्नू भएको थियो। बिल तिर्न एकाउन्टमा पुगेर सोधे यो सुल्क म किन तिर्दै छु? वहाँले मलाई 04 तार बदलेको सुल्क भन्नू भयो, जवकी 0.4 तार पोलमै थियो, मिटर सारेको ठाउँसम्म नपुग्ने भएका ले पहिलै किनेर घरमा राखेको 25 मिटर १० एमएमको तार मध्ये वाट आवस्यक तार काटेर जोडि दिनुभएको हो। म 0.4 तार वदलेको सुल्क किन तिर्ने? भनेर अडान लिए पछि, वहाँ ले म संग भएको कागज पत्र मागेर भन्नू भो बैसाख मसान्तसम्मको बिल तिर्नुहोस, यो तार बदलेको शुल्क तिर्नु पर्दैन भन्नु भो। म त्यहाँ बाट घर फर्कन लाग्दा मिटर सिकायत फाँटका कर्मचारीले बोलाएर बिल तिर्नु भो भनेर सोध्नु भो। मैले तिरिन, बैशाख मसान्तसम्मको बिजुलिको बिल तिरे भने। तपाइको हाकिम अनावश्यक रकम नतिर भन्ने, तपाइँ जबर्जस्ती तिराउने भने मैले। वहाँले पछि बिलमा जोडेको विल आउँछ भनेर धम्क्याउनु भो। अनावश्यक बिल मलाई किन तिराउनु हुन्छ? तपाइकै कर्मचारी लिन नमान्ने तपाईं जबर्जस्ती तिराउने? वहाँ ले राजबिराज स्थायि घर भएका यादव थर गरेका अधिकृतको ढोकामा पुर्याएर फर्कनु भो। यादव सरलाई सबै कुरा बताए पछि वहाँ ले, तपाई ठिक ठाउँमा आउनु भो, एक रुपैया पनि अनावश्यक शीर्षकमा रकम तिर्नु पर्दैन। म त्यसलाई कार्वाही गर्छु भन्नू भो, म खुशी हुँदै घर फर्के।

म आम नागरिक तपाईको उज्यालो अभियानको समर्थक र प्रसंसक हुँ। तपाइँको साहस, जांगर र लगनसिलताको प्रशंसा सर्वत्र गर्दछु। बिचार गर्दिनुहोस...हजुर दैनिक कति ग्राहकहरु संस्थागत भ्रष्टाचारको सिकार हुँदै छन।

लेखक : नुमानाथ प्याकुरेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्