के विराटनगर महानगरपालिका बन्ने हाे त ?

के विराटनगर महानगरपालिका बन्ने हाे त ?

अाज विहानैबाट विराटनगर महानगरपालिका हुने खबरले विराटनगर बजार तातेकाे छ । सामाजिक संजालदेखि चियापसल सबै तिर यहि विषय हटकेक भएकाे छ ।
सरकारले विराटनगर र वीरगञ्जलाई महानगरपालिकामा स्तरोन्नती गर्ने प्रस्ताव अघि सारे पछि यस्ताे खबर बाहिरिएकाे हाे । उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलले मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गरेर तयार पारेकाे प्रतिवेदन अनुसार उक्त प्रस्ताव सरकारले अघि सारेकाे बताइएकाे छ । हाल उपमहानगरपालिकाका रूपमा रहेको विराटनगर र वीरगञ्जलाई महानगर बनाउने साथै तराईमधेसका १९ जिल्लामा १५ वटा जति स्थानीय तह थप्ने प्रस्ताव पेश गरेकाे छ ।तर महानगरपालिका बनाउन विराटनगरकाे जनसंख्या लगायतकाे मापदण्ड पुरा नहुने भन्दै केहि पक्षले यसकाे विराेध समेत गरेका छन् । बुढिगंगा गाउँपालिकालाइ विराटनगरमा गाभेर जनसंख्या लगायतकाे मापदण्ड पुरा गर्ने अनि महानगरपालिका बनाउन लागिएकाेले त्यसाे गर्न नहुने भन्दै बुढिगंगाका स्थानीय नेताहरू विराेधमा लागेकाे बताइन्छ । यथास्थिति मै विराटनगरलाइ महानगरपालिका बनाउनका लागि भने उनिहरूकाे सहमती रहेकाे खबरहरू अाएका छन् । यता निर्वाचन अायाेगले भने दाेश्राे चरणकाे चुनाव अघि स्थानिय तहकाे संख्या हेरफेर गर्न नसकिने बताएकाे छ । 'मतपत्र छपाइ लगायतका काम सकिसकेकाले स्थानीय निकाय हेरफेर गरे ज्येष्ठ ३१ मा चुनाव गर्न सकिदैन' निर्वाचन अायुक्त नरेन्द्र दाहालले बताएका छन् ।
अब, विराटनगर महानगरपालिका बन्ने हाे वा हाेइन त्याे अाजकेा मन्त्रीपरिषदकाे बैठक पछि मात्र टुंगाे लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्