विराटनगर महानगरपालिका भयो , बुढिगंगा र जहदाका केहि भाग गाभियो

विराटनगर महानगरपालिका भयो , बुढिगंगा र जहदाका केहि भाग गाभियो

वीरगञ्जसँगै बिराटनगर उपमहानगरपालिका अबदेखि महानगर हुने निर्णय सरकारले गरेको छ । आज सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो । उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलले मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गरेर तयार पारेकाे प्रतिवेदन अनुसार उक्त प्रस्ताव सरकारले अघि सारेकाे थियाे ।
विराटनगरलाई महानगर बनाउन बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जहदा गाउँपालिकाको एक वडालाई गाभिएको छ ।
निर्वाचन अायाेगले भने दाेश्राे चरणकाे चुनाव अघि स्थानिय तहकाे संख्या हेरफेर गर्न नसकिने बताएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्