इंग्ल्यान्डद्वारा दक्षिण अफ्रीका ७२ रनले पराजित

इंग्ल्यान्डद्वारा दक्षिण अफ्रीका ७२ रनले पराजित

पाहुना टोलि दक्षिण अफ्रीकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ ।लिड्समा बुधबार राती भएको पहिलो एकदिवसीयमा इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई ७२ रनले पराजित गरेको छ ।

हेडिङग्ले क्रिकेट मैदानमा घरेलु टोली इंग्ल्यान्डले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रीका ४५ ओभरमा अलआउट हुदै २६७ रनमा समेटियो । जितसँगै घरेलु टोली इंग्ल्यान्डले तीन खेलको सिरिज १ – ० ले अग्रता बनाएको छ । दोस्रो एकदिवसीय शनिबार हुने छ ।

घरेलु टोलीले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा अफ्रिकाका हासिम अमला र फाप डु प्लेसीसले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । अमलाले ७३ तथा प्लेसिस ६७ रनको योगदान दिए । त्यस्तै कप्तान एबीडी भिलियर्सले ४५ रन जोडे । इंग्ल्यान्डका क्रिस वोक्सले ४ तथा अदिल राशिद र मोइन अलीले समान दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३९ रनको उच्च योगफल तयार बनाएको थियो । इंग्ल्यान्डको लागि कप्तान इयान मोर्गनले १०७ रनको शतकीय पारी खेले । त्यस्तै मोइन अलीले अविजित ७७ रन जोड्दा एलेक्स हालेसले ६१ रनको योगदान दिए । दक्षिण अफ्रिकाका क्रिस मोरिस र एन्डिलेले समान दुई दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्