विराटनगरमा रगत अभाव , रक्तदान गर्न आग्रह

विराटनगरमा रगत अभाव , रक्तदान गर्न आग्रह

विराटनगर । बिराटनगर ब्लड बैंकमा केही दिन यता रगतको चरम अभाव देखिएको छ ।

ब्लड बैंकमा हाल सबै रगत समुहका रगतको अभाव रहेको त्यहाँका कर्मचारीहरु बताउँछन् । अभावका कारण रगत चाहिएर खोज्न आउने विमारीका आफन्तले ठुलो पीडा भोग्नु परेको छ ।

यता रगतको क्षेत्रमा काम गर्दै आइरहेको युवाहरुको संस्था युथ फर ब्लडले पनि रगत अभाव भएको कारण रक्तदान गर्न सम्पुर्ण नगरबासीलाई आग्रह गरेको छ । ब्लड बैंकमा रगत नभएपछि रगतको लागि धेरै फोन आउने गरेको युथ फर ब्लडका अंकित दासले बताए ।

उनले बिराटनगरका संघसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गरेर रगत अभाव हटाउन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्