युथ फर ब्लडकाे छैठाैं वार्षिकाेत्सव सम्पन्न, ३ व्यक्तित्व सम्मानीत

युथ फर ब्लडकाे छैठाैं वार्षिकाेत्सव सम्पन्न, ३ व्यक्तित्व सम्मानीत

प्रेम देवान
विराटनगर १५ जेठ । रगतको क्षेत्रमा काम गर्दै आएको संस्था युथ फर ब्लडले विविध कार्यक्रम गरी छैठौं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अबसरमा सस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्याक्तिहरुलाई वर्ष सम्मान पनि गरेको छ । यसरी वर्ष सम्मानित हुनेहरुमा विगत लामो समय देखि मोफसलमा रहेर कलाकारिता क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल हास्य विद्याका हास्य कलाकार पारस थापा, सामाजिक तथा अभियानकर्ताको क्षेत्रमा अहाेरात्र खटिने रोशन खड्का र खेल तथा युवाक्षेत्रमा याेगदान पुर्याउन बाँकी विराटनगर बास्केटबल एकेडेमिका संस्थापक सरोज लम्साललाई वर्ष सम्मान गरिएको थियो । त्यसैगरी युथ फर ब्लडलाई आन्तरिक तथा वाह्य रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्याक्तिहरुलाई सम्मान गरेको छ । सम्मानित हुने संघ सस्था तथा व्याक्तिहरुलाई खादा र सम्मानित प्रमाण पत्र सहित सम्मान गरेको थियो ।
कार्यक्रममा रगत सम्बन्धी जनचेतना मुलक नाटक पनि प्रस्तुत गरिएको थियो । युथ फर ब्लडका संस्थापक अध्यक्ष सरोज कार्कीले लेखन तथा निर्देशन गरेको नाटकले रगतको अभावबाट जो कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने सन्देश दिएको थियो । नाटकमा मधु खतिवडा, मान्सी मल्ल, भावना खड्का, नताशा शर्मा कार्की, सरोज कार्की र अंकित दासले अभिनय गरेका थिए । यसैविच कार्यक्रममा भेषराज पोखरेल र बसन्त अधिकारीलाइ संस्थाकाे केन्द्रिय सल्लाहकारकाे रूपमा परिचित गराएका थिए । कार्यक्रममा वक्ताहरूले युवाहरुले रगतका लागी युवा भन्ने नारा बोकी विगत ६ वर्ष देखि निरन्तर रुपमा रातदिन खटेर धेरै जना विरामीहरुको ज्यान गुमाउन बाट जोगाएको प्रति सह्रानिय कार्य गरेको भन्दै धन्यवाद प्रकट गरेका थिए । छटौं वार्षिक उत्सवको अबसरमा सस्थाले केक समेत काटेको थियो । ६ वर्ष अगाडी रगतको अभावले कसैकाे ज्यान नजाअाेस भनेर विराटनगरबाट सूरू भएकाे अभियान हाल देशकाे १३ भन्दा धेरै स्थानहरूमा संचालन भइरहेकाे छ । संस्थाकाे केन्द्रिय अध्यक्ष अतित गुरागाँइकाे सभापतित्वमा संचालित कार्यक्रममा अंकित दासले संंयाेजन तथा केन्द्रिय उपाध्यक्ष विवेक दाहाल, केन्द्रिय सदस्य मधु खतिवडा तथा निलिमा विमलीले उद्घाेषण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्