विराटनगरलाइ ८१ कराेडकाे बजेट , वरिपरिका अन्य नगरपालिकाले कति पाए हेर्नुहाेस्

<span class='c1'>विराटनगरलाइ ८१ कराेडकाे बजेट , वरिपरिका</span> <span class='c2'>अन्य नगरपालिकाले कति पाए हेर्नुहाेस्</span>

सरकारले आगामी आर्थिक वर्षका लागि बजेटकाे घाेषणा गरेकाे छ । सोमबार संसदमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट पेश गरेका  हुन् ।  बजेटमा चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याइएकाे छ ।यसै गरि पहिलाे चरणकाे स्थानीय निकायकाे चुनाव सकिएर दाेश्राे चरणकाे चुनावकाे तयारीमा रहेकाे सरकारले प्रत्येक स्थानीय निकायकाे लागि बजेट छुट्याएकाे छ ।
सरकारले माेरङ जिल्लाका लागि अागामी अार्थिक वर्षकाे लागि कुल ६ अर्ब १३ कराेड ७५ लाख १० हजार रूपैयाँ छुट्याइएकाे छ । जस अन्तर्गत विराटनगर उपमहानगरपालिकाका लगि सरकारले ८१ कराेड ३२ लाख ९२ हजार रूपैयाँ छुट्याएकाे छ । उर्लाबारी नगरपालिकाका लागि ३२ कराेड ९० लाख २५ हजार रूपैयाँ, पथरी शनिस्चरेका नगरपालिकाका लागि ३५ कराेड ७४ लाख ४१ हजार रूपैयाँ, बेलबारी नगरपालिकाका लागि ४१ कराेड ३१ लाख ८२ हजार रूपैयाँ, रंगेली नगरपालिकाका लागि ४२ कराेड २३ लाख ४७ हजार, सुन्दर हरैचाँ नगरपालिकाका लागि ४५ कराेड ६० लाख १४ हजार रूपैयाँ छुट्याएकाे छ । चालु खर्चतर्फ कुल बजेटको ६२.८ प्रतिशत, पुँजीतर्फ २६.२ प्रतिशत र वित्तीय तर्फ ११ प्रतिशत बजेट विनियोजन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्