आजदेखि क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी सुरु हुदै

आजदेखि क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी सुरु हुदै

काठमाण्डौ, जेठ १८

बेलायतमा आजदेखि क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी सुरु हुदैछ । इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपले आयोजना गर्ने प्रतियोगितामा आठ टोली सहभागी छन् ।

अन्तर्रा्िष्ट्रय क्रिकेट परिषद् आईसीसीले तोकेको समय सन् २०१५ को सेप्टेम्बरसम्ममा आईसीसी एक दिवसीय वरीयतामा शीर्ष आठ स्थानमा रहेका टोलीहरुले सहभागी हुने अवसर पाएका हुन् । आज हुने उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डले द ओभल मैदानमा बंगलादेशको सामना गर्नेछ ।

५० ओभरको ढाँचामा सञ्चालन हुने च्याम्पियन्स ट्रफीका सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा इंग्लण्ड, बंगलादेश, अष्ट्रेलिया र न्यूजिल्याण्ड रहेका छन् ।

यसैगरी समुह बी मा साविक विजेता भारत, पाकिस्तान, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् । वेष्ट इन्डिज भने यसपटक सहभागी हुन पाएन । सन् २००४ को च्याम्पियन वेष्ट इन्डिज पहिलो पटक प्रतियोगिताबाट बाहिर भएको हो ।

वेष्ट इन्डिज बाहिरिँदा बंगलादेशले सन् २००६ पछि पाहिलो पटक च्याम्पियन्स ट्रफी खेल्ने मौका पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्