इंग्ल्यान्डको च्याम्पियन्स ट्रफीमा विजय सुरुआत

<span class='c1'>इंग्ल्यान्डको च्याम्पियन्स ट्रफीमा</span> <span class='c2'>विजय सुरुआत</span>

साबिकको उपविजेता इंग्ल्यान्डले घरेलु भूमिमा सुरु आईसीसी च्याम्पियन्स ट्रफीमा विजय सुरुआत गरेको छ । बिहिबार राती भएको उद्घाटन खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले विजय सुरुआत गरेको हो ।

लण्डनस्थित दि ओभलमा बंगलादेशले दिएको ३०६ रनको उच्च लक्ष्य इंग्ल्यान्डले १६ बल बाँकि रहदा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितसँगै समुह ए मा रहेको इंग्ल्यान्डले दुई अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार अष्ट्रेलिया र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्ने छन् ।

घरेलु मैदानमा इंग्ल्यान्डको जितमा जोय रुट र कप्तान इयान मोर्गनले १४३ रनको साझेदारी गरे ।  अविजित रहेका रुटले १३३ रनको सतकीय पारी खेले ।  रुटले १२९ बलको सामना गर्दै ११ चौका र एक छक्का प्रहार गरे । त्यस्तै कप्तान इयान मोर्गन ७५ रनमा अविजित रहदा एलेक्स हेल्सले ९५ रनको योगदान दिए । बंगलादेशका शब्बीर रहमान र मशरफे मुर्तजाले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रनको उच्च योगफल तयार गरेको थियो । बंगलादेशको उच्च स्कोरमा तमिम इक्वाल र मुस्फिकुर रहिमले तेस्रो विकेटका लागि १६६ रनको साझेदारी गरे । इक्वालले १२८ रनको सतकीय पारी खेले भने मुस्फिकुर रहिमले ७९ रन जोडे । पहिलो पटक च्याम्पियन्स ट्रफि खेलेका तमिमले पहिलो खेलमा नै शतक बनाएका हुन् । उनले १४२ बलमा १२ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै बंगलादेशका लागि सोउम्य सरकार २८ तथा शब्बीर रहमानले २४ रन बनाए । इंग्ल्यान्डका लिम प्लुङकिटले चार विकेट लिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आयोजनामा इंग्ल्यान्ड र वेल्समा सुरु आठौं सस्करणको च्याम्पियन्स ट्रफीमा आईसीसी वरियताको शीर्ष आठ स्थानमा रहेको ८ राष्ट्रले सहभागिता जनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्