आईसीसी च्याम्पियन्स ट्रफी : भारतसंग पाकिस्तान १२४ रनले पराजित

आईसीसी च्याम्पियन्स ट्रफी : भारतसंग पाकिस्तान १२४ रनले पराजित

साबिकको बिजेता भारतले इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी च्याम्पियन्स ट्रफीमा विजय सुरुआत गरेको छ । आइतबार राती भएको खेलमा पाकिस्तानलाई डकवर्थ लुइस नियम (डीएल) को आधारमा १२४ रनले पराजित गर्दै भारतले विजय सुरुआत गरेको हो ।

इंग्ल्यान्डको बर्मिंघममा वर्षाले प्रभावित खेलमा भारतले दिएको २८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले ३४ ओभर ४ बलमा अलआउट हुदैँ १६४ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका अजहर अलिले ५० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै पाकिस्तानमा  मोहम्मद हाफिजले ३३ तथा कप्तान सर्फराज अहमेद र सोएब मल्लिकलेसमन १५ – १५ रन जोडे ।

बलिङतर्फ भारतका उमेश यादवले तीन तथा हार्दिक पाण्डेय र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिए । यसअघि बर्षा भएपछि खेल ४८ ओभरमा छोट्याइएको थियो ।

र, टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित ४८ ओभरमा ३ विकेट गुमाएर ३१९ रन बनाएको थियो । तर, पाकिस्तानले जवाफी ब्याटिङ सुरु गरेपछि पटक पटक वर्षा भएपछि पाकिस्तानले डक वर्थ लुइस प्रणाली अनुसार ४१ ओभरमा २८९ रनको नयाँ लक्ष्य पाएको थियो । भारतको उच्च स्कोरमा चार खेलाडीले अर्धशतकीय पारी खेले । उसका लागि रोहित शर्माले ९१, कप्तान विराट कोहलीले अविजित ८१ रन जोड्दा  शिखर धवनले ६८ तथा युवराज सिंहले ५३ रनको योगदान दिए ।  पाकिस्तानका हसन अली र शादब खानले एक एक विकेट लिए ।
जितसँगै समुह बि मा रहेको भारतले २ अंक जोडेको छ । र, दक्षिण अफ्रिकासँग अंक बराबरी गरेको छ । यस समुहमा श्रीलंकालाई पराजित गरेको दक्षिण अफ्रीकाको पनि २ अंक छ । यस समुहमा पाकिस्तान र श्रीलंकाले अंक जोड्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्