धरानमा खुल्ला अन्तर बास्केटबल प्रतियोगिता हुने

<span class='c1'>धरानमा खुल्ला अन्तर</span> <span class='c2'>बास्केटबल प्रतियोगिता हुने</span>

सुनसरीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय बास्केटवका खेलाडी उत्पादन गर्ने उद्येश्यले धरानमा खुल्ला अन्तर क्लव सप्तरङगी बास्केटबल प्रतियोगिता हुने भएको छ । सप्तरङगी बास्केटबल क्लवको आयोजनामा हुन गईरहेको सो प्रतियोगितामा सुनसरीभरिका १५ वटा विभिन्न क्षेत्रमा रहेका टिमहरुले सहभागिता जनाउने भएका हुन् । जेठ २७ गते शनिवारदेखि ३० गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा सप्तरङगी बास्केटबल क्लब ए बि गरि दुई टिम , स्ट्रयाक क्लब, तरहरा, यलम्बर, ईमोट्रल, हात्तीसार क्याम्पस, पाईनर, विपिकेआईएचएस, स्वर्णिम क्लब, पुर्वान्चल ईन्जिनियरिङ क्याम्पस, ईलाम बास्केटबल, भ्याट्रन, रेड डेमिल्स र होराईजन क्लवहरु सहभागि हुनेछन् । सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै आयोजक क्लबका अध्यक्ष शिव राईले धरान–१७ मा रहेको एन्फा टेक्निकल सेन्टर नजिकै रहेको सप्तरङगी पार्कको पर्यटकिय प्रवर्दन गर्नका लागि पनि सो प्रतियोगिता आयोजना गरिएको हो । उनले भने–‘पार्कसंगै खेलको विकास र खेलको माध्यमबाट आपसि भाईचारा बढाउनका लागि यो प्रतियोगिता आयोजना हुदैछ ।’ कार्यक्रम संयोजक बिकास चाम्लिङ राईका अनुसार १ लाख ८६ हजार रुपैंयाको लगानीमा सञ्चालन हुन लागेको बास्केटबल प्रतियोगिताको विजेता टिमलाई नगद १५ हजार र उप–विजेता टिमलाई ८ हजार रुपैंयासहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्