च्याम्पियन्स ट्रफि क्रिकेट: भारत सेमिफाइनलमा प्रवेश

च्याम्पियन्स ट्रफि क्रिकेट: भारत सेमिफाइनलमा प्रवेश

साबिकको बिजेता भारत इंग्ल्यान्ड र वेल्समा जारी आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आइतबार राती भएको खेलमा दक्षिण अफ्रीकालाई ८ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो ।
लण्डनस्थित किंग्सटन ओभलमा दक्षिण अफ्रिकाले दिएको १९२ रनको लक्ष्य भारतले ३८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । दक्षिण अफ्रीकाले दिएको मध्यम लक्ष्य सहजै पुरा गर्ने क्रममा भारतका शिखर धवनले ७८ र कप्तान विराट कोहलीले अविजित ७६ रनको योगदान दिए । यस्तै युवराज सिंहले अविजित २३ तथा रोहित शर्माले १२ रन बनाए । दक्षिण अफ्रीकाको मोर्ने मोर्कल र इमरान ताहिरले समान एक एक विकेट लिए ।
जितसँगै समूह ‘बी’ को भारतले ३ खेलबाट ४ अंक जोडेर सेमिफाइनलमा स्थान बनायो । तीन खेलबाट २ अंक जोडेको दक्षिण अफ्रीका भने समूहचरणबाटै बाहिरियो । यस समूहबाट अब श्रीलंका र पाकिस्तान मध्ये एक टोली सेमिफाइनलमा पुग्ने छ । कार्डिफमा सोमबार हुने श्रीलंका र पाकिस्तानबीच बिजेता सेमिफाइनलमा पुग्ने छ । एक खेल खेल्न बाँकी श्रीलंका र पाकिस्तान दुवै टोलीको दुई दुई अंक छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४४ ओभर ३ बलमा अलआउट हुदैँ १९१ रन बनाएको थियो । दक्षिण अफ्रीकाको लागि क्विनटन डी ककले ५३ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै दक्षिण अफ्रिकाका लागि फाप डु प्लेसिसले ३६ तथा हासिम अमलाले ३५ रन जोडे । भारतका जस्प्रित बुम्ह«ा र भुवनेश्वर कुमारले समान दुई दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्