विराटनगरको मेयर उम्मेदवारहरूले उठाउन पर्ने मुद्दाहरू – डा. मुकुल ढकाल

विराटनगरको मेयर उम्मेदवारहरूले उठाउन पर्ने मुद्दाहरू – डा. मुकुल ढकाल

पूर्वी नेपालको एक मात्र महानगर विराटनगरको मेयर उम्मेदवारहरूले उठाउन पर्ने मुद्दाहरू :

१) ट्राफिक समस्या समाधान : विराटनगरको मुख्य सडक चौँडा पार्ने योजना र जलनिकासको योजना चालु रहेकाले यो सहर काठमाडौँ जस्तै धुलो र हिलोको सहर भए पनि , यी योजना पश्चात धुलो र हिलो सहरको पहिचान बन्ने छैन । साथै यसले निम्त्याएको ट्राफिक जामको समस्या नि स्वत: जानेछ । यद्दपि विराटनगरको समस्या गाडीहरूको धिम गतिभन्दा द्रुत गति हुने गरेको छ । त्यसैले , विराटनगरको मेयरले उत्तर दक्षिण राजमार्गको प्रत्येक ५०० मिटरमा आकाशे पुल निर्माणमा ध्यान दिनपर्छ । गाडिहरूको गति घटाउने भन्दा पनि लेन र ओभरटेक अनुशासन कडाइका साथ पालना गराउनपर्छ ।

२) भित्रि सडकको पिच : ५ वर्षभित्र विराटनगरका सबै भित्रि सडक पिच हुनपर्छ ।

३) हरित सहरको पूनर्थापना : विराटनगरलाई हरित सहर नि भनिन्थ्यो । एक घर एक रूख , एक चोक दुइ रूख लगायतका कार्यक्रम ल्याएर सहरै भरि वृहत विक्षरोपणमार्फत सहरलाई पून: हरित सहरको रूपमा पूनर्थापना गर्न पर्छ ।

४) हस्पिटल लाइनको व्यस्थापन : गल्ली नै पिछे खुलेका ल्याव , क्लिनिक तथा अव्यस्थापनले गर्दा कोशी अञचल अस्पताल परिसर लगायत सम्पूर्ण हस्पिटल रोडको क्षेत्र व्यवस्थित पार्दै नमुना मार्गको रूपमा विकास गर्ने ।

५) सहिद रङ्गशालाको व्यवस्थापन , स्थर उन्नति तथा नयाँ क्रिकेट रङ्गशालाको निर्माण तथा सबै राष्ट्रय तथा अन्तराष्ट्रय स्थरका खेलहरूको एकाडेमी सञ्चालन ।

६) मनोरञ्जनका लागि सरकारी स्थरमा पार्कहरूको निर्माण तथा सार्वजनिक निजि साझेदारीमा थप मनोरञ्जनस्थल निर्माण । साथै सुविधासम्पन्न आधुनिक प्रदर्शनी मार्गको निर्माण ।

७) ठूला ठूला सुविधासम्पन्न नगर बस सञ्चालन । यस क्रममा विस्थापित टेम्पो र रिक्सा चालकलाई यसैमा रोजगारी ।

८) विराटनगरको उत्तरमा , सहर प्रवेशद्वार नजिकै सुविधासम्पन्न बस पार्क निर्माण ।

९) प्रत्येक वार्डमा सरकारी क्लिनिक तथा सरकारी फार्मेसी । महानगर भए पनि सहरका जनता डाक्टरकहाँ नगइ हेल्थ असिस्टेन्टकहाँ जाने चलन जिवित छ ।

१०) विराटनगर वरीपरीका गाउँबाट महानगर आफैँले उत्पादित खाद्यवस्तु किनेर , प्रत्येक वार्डमा व्यव्स्थित खाद्य पसल सञ्चालन ।

११) विराटनगरभित्र ५००० भन्दा माथिको व्यापारीक कारोवार बैङ्किङ् प्रणालीबाट अनिविर्य रूपमा गर्नपर्ने ।

१२) यहाँका स्थानिय कोच समुदायको संस्कृति प्रवर्धन एवं संरक्षणका लागि , विराट कोच सांस्कृतिक सङ्ग्रालयको स्थापना ।

१३) विराटनगरका स्कुलहरूमा एक मातृभाषा नामक विषय अनिवार्य गर्ने ।

१४) ५ वर्षभित्र प्रत्येक विराटनगरवासीको बैङ्कमा खाता । क्यासलेस इकोनोमिका लागि सहरलाई अग्रसर गर्ने ।

१५) यहाँका प्राइभेट स्कुलहरूले दिनै पर्ने १०% छात्रवृत्ति नेपाल सरकार शिक्षा मन्त्रालयबाट MBBS का लागि गरे अनुसार अनुगमन एवं कार्यानयन गर्ने ।

१६) रेल्वे नेट्वर्कका लागि ५ वर्षभित्र साम्भाव्यता अध्ययन गरिसक्ने ।

१७) यहाँ लाग्ने हटियाहरूलाई सफा एवं व्यव्स्थित गर्ने ।

१८) विराटनगरलाई साइकल यात्रि मैत्रि सहर बनाउने ।

१९) देशभर वृद्धभत्ता बढाउने चलन छ । यस्ता कार्यक्रम गर्न मन लाग्ने मेयर निर्वाचित भए , ५ कक्षासम्म पढ्ने सबै विद्यालयका विद्यार्थीलाई रू २०० अनुदान/भत्ताको व्यवस्थापन गरियोस् ।

२०) सफा , राम्रो र हाम्रो सहर : निश्चित दुरीमा डस्टबिनको व्यवस्था , फोहोर सङ्कलनको राम्रो व्यवस्था , घर अगाडि फोहोर हुने जोकोहिलाई कारवाहि ।

 

डा. मुकुल ढकाल , हाल काठमाडौँ मेडिकल कलेज , काठमाडौँ स्थायि वासिन्दा : दुधफारम , विराटनगर - ३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्