जोगबनीमा रेलको ठक्करबाट ३ नेपालीको मृत्यु

<span class='c1'>जोगबनीमा रेलको ठक्करबाट</span> <span class='c2'>३ नेपालीको मृत्यु</span>

विराटनगर ३१ जेठ । भारतको जोगबनीमा रेलको ठक्करबाट ३ नेपालीको घटना स्थलमै ज्यान गएको छ । गए राति ७ बजेर ४५ मिनेटको समयमा कटियारबाट जोगबनी तर्फ आईरहेको रेलको ठक्करबाट मोटरसाइकलमा सवार ३ नेपालीको मृत्यू भएको रानी ईलाका प्रहरी कार्यलय विराटनगरका ईन्स्पेक्टर रामकुमार यादवले जानकारी दिए । जोगबनी स्टेशनबाट झन्डै दुई सय मिटर दक्षिणमा घटना भएको यादवले बताए । नेपाली युवा सवार ५५४२ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा कटियार गईरहेको रेलले ठक्कर दिदाँ त्यसमा सवार युवाको शव क्षत विक्षत भएको थियो । घटनामा परी मोरङ कदमाहाका २५ वर्षीय रमेश शर्मा, १६ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा मडारीका २६ वर्षीय विनोद यादवको मृत्यु भएकोप्रहरी जनाएको छ । उनीहरुको शव भारत अररियास्थित अस्पतालमा पोस्टमार्टम पछि परिवारलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्