नेपाल समाबेशी पार्टीेले विराटनगरकाे मेयरमा उम्मेदवार तोक्यो

<span class='c1'>नेपाल समाबेशी पार्टीेले विराटनगरकाे</span> <span class='c2'>मेयरमा उम्मेदवार तोक्यो</span>

बिराटनगर, २ गते । नेपाल समाबेशी पार्टीले बिराटनगर उमहानगरपालिकामा मेयरको पदमा ६५ बर्षिय गोपाल प्रसाद गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिराटनगर महानगरपालिका वडा नं. ३ स्थायी बासिन्दा गिरी सामाजिक र राजनीतिक गतिबिधिमा सक्रिय छन् । गिरीले अघिल्लो संसदीय चुनाबमा नेकपा एकिकृतबाट उम्मेदवार दिएका थिए । २० बर्ष पछाडि हुन लागेको स्थानीय चुनावमा नेपाल समाबेशी पार्टीले मेयर सहित सबै वार्डहरुमा वडा अध्यक्ष सहित उम्मेदवारी दिने निणर्य गरिएको १ न. प्रदेशका इन्चार्ज तथा मोरगं जिल्लाका जिल्ला अध्यक्ष नबिन कुमार अधिकारीले बताउनु भयो । नगरका सबैका गोपाल दाईले चिनिने उम्मेदवार गिरीले भने– महानगरपालिका भित्र अब पुराना र ठुला पार्टीहरुले सेन्डिकेट बनाएको हुदां हामी जस्ता भिजन भएका मान्छेको आबश्यकता रहको दाबि गरे । मेरो उम्मेदवारी भनेको समग्र महानगरको विकास यहाँका जनताको चाहना अनुसार हुनेछ यहाँको मुख्य समस्या भनेको सडक, ढल खानेपानी जस्ता विकासका सामान्य पूर्वाधार पनि छैनन् । २० वर्षसम्म जनप्रतिनिधी नभएको अवस्थामा स्थानीय जनताले विकासका पूर्वाधार पाउन सकेका छैनन् । यसका लागि मैले १० का लागि दीर्घकालीन र अल्पकालिन योजना नै बनाएको छु । पार्टीको निणर्य अनुसार नै अब बिराटनगर महानगरपालिकामा घुम्ति शैचालय, पार्क, विराटनगरका लक्षित वर्ग दलित र सुकुम्वासीहरुका लागि एकिकृत वस्ती निर्माण, नगर भित्र पछाडी पारिएका मुसहर, डुम लगायतका विपन्न वर्गका लागि रोजगारीमुलक काम, विराटनगरका व्यस्त वजारमा तत्कालै आकासे पुल बनाउने योजनाहरुको खांका, विशाल औद्योगिक तथा व्यापारिक प्रर्दशनी स्थल निर्माण लगायत शहरी योजना बनाएर दिगो शहरी विकास, कोशी मेडिकल कलेज र स्पोर्टस् भिलेज निर्माण गर्ने आफनो पार्टीको घोषणा पत्रका उल्लेख गरीएको हुनाले सोही अनुसार नै जनता समक्ष जाने अध्यक्ष नबिन कुमार अधिकारीले बताउनु भयो ।
हाम्रो पार्टीले उल्लेखित कामहरु गर्ने पहिलो प्राथमिकताकमा राखेको छ । त्यसपछि अहिलेसम्म योजना तर्जुमा गर्ने, बजेट विनियोजन गर्ने काम ब्यूरोक्रेसीको हातमा थियो । पहुँचवालाले पक्षपात पूर्ण ढंगले बजेट आफूले लान्थे । अब त्यस्तो हुँदैन । हाम्रो नीति नै बिराटनगरको केन्द्र बिन्दु र सबै वडाहरुबीचको सम्बन्ध समान बनाउन केन्द्रीत निर्माण र सुविधाहरु अब सबै वडाहरुमा पनि उपलब्ध गराउँछौं । अब संघीय प्रणालीमा देश गएको छ र अधिकार पनि दिएको छ । जसकारण मेरो नेतृत्वमा महानगरपालिका हाँक्ने जिम्मेवारी आइपुग्यो भने म सँग योजना छ, इच्छाशक्ति छ, तदारुकता छ र यो समस्या हल गर्ने मेरो योजना पुरा हुने उम्मेदवार गिरीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्