पाकिस्तानसँग भारत पराजित भएपछि खुशीयाली मनाएको आरोपमा १५ मुसलमान पक्राउ

<span class='c1'>पाकिस्तानसँग भारत पराजित भएपछि खुशीयाली</span> <span class='c2'>मनाएको आरोपमा १५ मुसलमान पक्राउ</span>

भारतको मध्य प्रदेश राज्यमा भारतीय टोलीले पाकिस्तानसँग च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा पराजित भएपछि खुशीयाली मनाएको आरोपमा १५ मुसलमान पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुविरुद्ध देशद्रोहको मुद्दा लगाउने तयारी गरेको छ, जसको कानुनी कारबाही आजीवन कारावास हुन सक्छ ।

१९ देखि ३५ वर्ष उमेर समूहका मुस्लिम पाकिस्तान समर्थक मध्य प्रदेशको बुरहानपुर जिल्लाबाट स्थानीयको उजुरीको आधारमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

उनीहरुले आइतवार बेलुकी पाकिस्तानले भारतलाई हराएपछि पाकिस्तानको पक्षमा नारा लगाएको र पटका पड्काएको स्थानियको दाबी छ ।

उनीहरुमाथि आपराधिक षड्यन्त्रको आरोप पनि लगाइएको र उनीहरुलाई मंगलवार अदालतमा पेश गरी जेल चलान गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्