दोस्रो चरणको चुनवामा प्रदेश १ मा ३३ हजार प्रहरी खटाइने

दोस्रो चरणको चुनवामा प्रदेश १ मा ३३ हजार प्रहरी खटाइने

विराटनगर ८ असार । आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको चुनावका लागि प्रदेश नं. १ मा सुरक्षा प्रयोजनाका लागि ३३ हजार नेपाल प्रहरी परिचालन गरिने भएको छ ।
सुरक्षाका लागि १८ हजार नेपाल प्रहरी र १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटाईने भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईका अनुसार स्थानीय तहको चुनावको सुरक्षाका लागि नेपाल प्रहरीको संख्याको अनुपातमा म्यादी प्रहरीको संख्या बढी हुने छ ।

पूर्वाञ्चलमा १३ हजार प्रहरी रहेकोमा चुनावको समयमा अन्य क्षेत्रबाट थप प्रहरी प्रदेश नं. १ का जिल्लामा परिचालन गरिने छ । अघिल्लो संविधानसभाको चुनावमा पूर्वाअञ्चलमा चुनाव सुरक्षाका लागि १० हजार ६३ जना नेपाल प्रहरी र करिव १२ हजारको संख्यामा म्यादी प्रहरी परिचालित गरिएको थियो । कुल १३ हजार प्रहरी रहेकोमा २५ प्रतिशत प्रहरी कार्यालय सुरक्षामा राखिने भएको छ । केन्द्रीय सुरक्षा रणनीति अनुसार निर्वाचनको मतदान केन्द्रको पहिलो घेरा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ । त्यसैगरी दोस्रो र अन्तिम घेरामा क्रमश सशस्त्र प्रहरी र नेपाली सेनाले पहरा दिने छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार चुनावलाई लक्षित गरी अहिले सवै प्रहरी युनिटहरुमा निर्वाचन सेल निर्माण गरी सकिएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईले पहिलो चरणमा प्रहरीले चुनावलाई लक्षित गरी क्षेत्रीय, अञ्चलसंगै जिल्लातहका प्रहरी युनिटमा निर्वाचन सेल गठन गरिएको छ ।
क्षेत्रीय प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक विध्यानन्द माझीको संयोजकत्वमा एव सवै पुर्वका अञ्चल तथा जिल्ला प्रहरी कार्यालयमा सिनियर अफिसरको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्