भोट हाल्न जादा के के गर्ने वा नगर्ने ?

भोट हाल्न जादा के के गर्ने वा नगर्ने ?

स्थानीय तहको निर्वाचनको लागि तपाई सबै निकै उत्साहित हुनुहुन्छ होला । आफ्नो स्थानीय बिकास र समृद्धिक‍ो लागि आफैंले भोट दिएर प्रतिनिधि चुन्न पाउने अधिकार तपाईं संग छ ।

भोट हाल्न जाने बेला आफ्नो मतदान केन्द्रमा छिटै निस्किनुस किनभने असारको महिना भएको कारण वर्षा हुने प्रवल सम्भावना छ । त्यसैले समयमै मत हाल्न मतदानस्थल तर्फ निस्किनु नै बुद्धिमानी हुनेछ । याद राख्नुहोस छाता वा रेनकोट बोकेर मतदान गर्न निस्किनुहोला ।

मोबाइल र क्यामरा नबोक्नुहोस् । मोबाइल, क्यामरा लिएर मत दिन जाँदै हुनुहुन्छ भने पनि सुरक्षाकर्मी वा कर्मचारीले लिनेछन् । मत दिँदै गर्दा मोबाइलबाट सेल्फी र क्यामराबाट फोटो खिच्न पाईंदैन । फोटो खिच्न खोज्नुभयो भने कारबाहीमा पर्न सक्नुहुन्छ । अनि कुनै पनि प्रकारका हातहतियार पनि मतदान स्थल र मतदान केन्द्रमा निषेध गरिएको छ ।साथै कुनै पनि हात हतियार नबोकि जानुहोला । आफ्नो मतदाता परिचयपत्र बोक्न नबिर्सनु , परिचयपत्र नभएको खण्डमा आफ्नो नागरिकता , सवारीसाधन अनुमतिपत्र वा पासपोर्टले पनि भोट खसाल्न मिल्नेछ ।

आफ्नो पालो आएपछि निर्वाचन अधिकृतको छाप भएको मत्रपत्र लिएर बदर नहुने गरी सही तरीकाले स्वस्तिक छाप लगाउनुहोस् र राम्रोसँग पट्टयाएर मतपेटिकामा खसाल्नुहोस् । अनि मतदान गरिसकेपछि मतपत्र देखाउनुभयो भने पनि कारबाहीमा पर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्