जब भयो भिम र बिनोदको जम्काभेट !! 

<span class='c1'>जब भयो भिम र</span> <span class='c2'>बिनोदको जम्काभेट !! </span>

सुमन तिमल्सिना

विराटनगर, असार १४ – विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार अनुगमनको क्रममा एकै ठाउँमा भेट भए । फरक दलका एकै पदका उम्मेदवार । उनीहरुले अंकमाल गरेर मेलमिलापको सन्देश दिए ।

बिहान ७ बजेतिर मतदान गरेका एमालेको तर्फबाट विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार विनोद ढकाल अनुगमनको क्रममा पूर्वाञ्चल विश्वविद्यालय ईन्जिनियरिङ क्याम्पस मतदान केन्द्रमा पुग्दा त्यहाँ कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुली मतदान गर्दै हुनुहुथ्यो ।  

मतदान गरेर निस्किँदै गर्दा पराजुलीले एकाएक ढकाललाई देखेपछि अंकमाल गरेर मेलमिलापको सन्देश दिए । सँगै भोट हाल्नको लागि लाइनमा बसेका मतदाता अक्क न बक्क भए । सबै एकाएक मुखामुख गरेर बसे । केही बेर उनीहरुले फोटो खिच्न पनि भ्याए । कसले जित हात पार्ने हो मत परिणामले त देखाउँछ नै । यी उम्मेदवारले आफूहरुमा उम्मेदवार बिच मन मुटाव नभएको भने संकेत दिएका छन् । धेरैले यसलाई सकारात्मक रुपमा लिएका छन् । एक अर्कोमा अंकमाल गरेपछि कांग्रेस र एमाले दुई पक्षीय रुपमा चुनावमा उठेको भए पनि एक हुँदा निक्कै खुशी लागेको मतदाताले बताए ।  

भेटपछि पत्रकारसँग प्रतिक्रिया दिँदै एमालेका उम्मेदवार विनोद ढकाल र भिम पराजुलीले एक मुखमा भने अशक्त र अपांगता भएकाको लागि मतदान केन्द्रसम्म ल्याउने ब्यवस्था मिलाईनु पर्ने थियो त्यस्तो भएको पाइएन । बिनोद ढकालले निर्वाचनमा आउन मन हुँदा हुँदै पनि कतिपय अबस्थामा बृद्ध र अशक्तलाई ल्याउने साधन नहुँदा मतदान गर्ने अधिकारबाट बन्चित हुनु परेको बताउनुभयो । अर्का मेयरका उम्मेदवार भिम पराजुलीले केही मतदाताहरुलाई गाह्रो भएको बताउनुभयो । आफूले प्रशासनसँग पनि कुरा गरिरहेको तर प्रशासनले विकल्प मिलाउन नसकेको बताउनुभयो ।उम्मेदवार, संचारकर्मी, पर्यवेक्षक बाहेकका गाडी रोकिएपछि उम्मेदवारहरुको यस्तो प्रतिक्रिया आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्