मतपत्र बदर हुने अवस्थाहरु के के हुन्छन त ?

<span class='c1'>मतपत्र बदर हुने अवस्थाहरु </span> <span class='c2'>के के हुन्छन त ?</span>

निर्वाचन सञ्चालन ऐनः २०४८

मतपत्र बदर हुने कारण र अवस्थाहरु धेरै हुनसक्दछन तर धेरै सख्याँमा मतपत्र बदर हुनु प्रजातन्त्र अनि नागरीक अधिकारमाथिको प्रश्न चिह्न पनि हो । स्थानीय निकाय निर्वाचन भाग १, बैशाख ३१ मा भएको चुनावमा मतपत्र बदरको सख्याँ अधिकतम नै थियो । कारण थियो एक मिटर भन्दा पनि लामा लामा मतपत्र अनि मतदाता शिक्षाको कमी, यसपालाको भाग २ निर्वाचनमा के हुन्छ हेर्न बाँकी छ । तथापी नेपालको निर्वाचन सञ्चालन ऐन ले मतपत्र बदरका बारे के कस्तो ब्याख्या गरेको छ, जान्न जरुरी छ ।

निम्न अवस्थामा मतपत्र बदर भएको हुनेछ :

१ः यदि मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भएमा
२ः निर्वाचन सञ्चालन ऐन को सेक्शन ३६ को सबशेक्शन २ अनुरुप मतदान चिह्न नभएमा ।
अर्थात उम्मेदवारको चुनाव चिह्नमा स्पष्ट मतदान चिहन नभएमा
३ः मतपत्र धेरै खुम्चेर या च्यातिएर बुझ्न नसक्ने अवस्थामा भएमा
४ः मतपत्र धमीलो या फोहोर भई मत बुझ्न वा ठम्याउन सक्ने अवस्थामा नभएमा
५ः उम्मेदवारको निर्धारित चिह्न भन्दा बाहीर मतचिह्न भएमा
६ः कुनै उम्मेदवारको चिह्न नभएको खाली ठाँउमा मतचिह्न भएमा
७ः मतदान नगर्ने शर्तमा निर्वाचन अधिकृतलाई फिर्ता दिएको मतपत्र भएमा
८ः एकभन्दा बढि उम्मेदवारको चिह्नमा मतचिह्न भएमा
९ निर्वाचन आयोगले तोकेको बाहेक अन्य कुनै मतपत्रमा मत खसाइएमा
१० मतपत्र यदि मतपेटिका भन्दा बाहीर पाइएमा
११ फर्जी मतपत्र पाइएमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2