प्रेम देवान
विराटनगर । फोहोरै फोहोरले भरिएको पहाड । अनि त्यही पहाड झैं अग्लो स्थानमा धुँवाको मुस्लो । मुस्लो भित्र मजदुरहरु निस्सासिएर काम पनि गरिरहेका छन् । दृष्य हो, विराटनगर वाड नम्बर ६ स्थित ब्रमपुराको ।
विराटनगरदेखि ३ किलोमिटर पश्चिममा रहेको ‘डम्पिङ साइट’ को कारणले गर्दा लामो समयदेखी समास्या हुँदै आएको छ । विराटनगरको लागि ‘डम्पिङ साइट’को रुपमा प्रयोग हुँदै आएको ब्रह्मपुरा चौबीसै घण्टा प्लास्टिकको धुँवामा मडारिन बाध्य छ ।
मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल असर पर्ने गरी बस्तीको बीचमा फोहोरमैला व्यवस्थापनको लागि लामो समयदेखी डम्पिङ गरिदैं आएको छ । विराटनगरका २० हजार घरधुरीबाट संकलन गरिएको फोहोर अहिले सो ठाँउमा थुपारिने गरेको छ । विराटनगरको उत्तरी भेगबाट फुलबारी वेष्ट थ्रीआर पोलुशन, मध्यभाग स्वास्थ्य र शान्तिका लागि वातावरण र दक्षिणी भेग सगरमाथा मल्टी सर्भिस लिमिटेडले २० हजार सदस्यता बनाई फोहोर संकलन गर्ने काम गर्दै आएको छ । अहिले हरेक दिन १ सय मेट्रीक टन फोहोर निस्कने गरेको छ ।
धेरै फोहोर थुपारिएका कारण त्यहाँबाट मिथेन ग्यास निस्कने भएका कारण पनि सानो आगोको झिल्कोले फोहोरमा आगलागी हुने गरेको बताइन्छ । केहीदिनदेखी ‘डम्पिङ साइट’ आगो सल्किरहेको छ । ३ दिन अगाडी ठुलो आगलागि भएका कारण महानगरको दमकल नै प्रयोग गरेर आगो नियन्त्रणमा लिनुपर्ने अवस्था आएको थियो ।
अहिले पनि जलाइएको प्लाष्टिकजन्य वस्तुले सो क्षेत्र आसपासका वस्ती तथा बातावरणलाई प्रतिकुल असर पारिरहेको देखिन्छ । अझ भन्नुपर्दा त सो स्थानको बाटो प्रयोग गर्दै हिड्दा आम सर्वसाधरण त झन् हैरान भएर वाक्कदिक्क नै भईसकेका छन् । आफुहरु सो बाटो दैनिकी हिड्नुपर्ने भएका कारण विरामी नै भईसकेको बर्जुगाउपालिकामा कार्यरत कर्मचारी दिपेन्द्र कुमार शर्माको गुनासो छ । त्यस्तै अर्का कर्मचारी सृष्टि बजगाइले निस्कीएको धुवाँले विभिन्न रोगपैदा गरिसकेको गुनासो गरेकी छिन् । सो बाटोबाट हिड्दा मुख थुनेर हिड्नुपर्ने वाध्यता छ । यसको लागि कुनै पनि निकायले ध्यान नदिदाँ समस्या भएको उनको भनाई छ ।
विराटनगर महानगरपालिकाले बढी चासो दिनुपर्ने हो तर अहिले सम्म केही गर्न भने सकिरहेको छैन । त्यहाँबाट निस्कने दुर्गन्धित धुवाँले नजिकै बस्तीमा पनि ठुलो असर परिरहेको छ । ‘डम्पिङ साइट’बाट प्राय फोहोरजन्य लगायत प्लास्टिक बलेको धुँवा निस्कीरहने भएका कहिलेकाँही त बाटो नै नदेखिने गरेको सुनसरी बर्जु ५ का अमृत बन्जराको भनाई छ । धुँवाले मान्छेलाई मात्र नभई वातावरण र जीवजनवारलाई समेत प्रत्यक्ष असर पर्ने गरेको बन्जराले गुनासो पोखे ।
नदि र सडक अनि बस्तीको छेउमा यसरी राखिएको डम्पिङ् साईडबाट निस्किएको धुँवाले आफ्नो गाँउघरमा बस्नै नसक्ने अवस्था हुने गरेको स्थानियवासीको भनाई छ । धुँवा कै कारण आँखा पोल्ने ,खाना नरुच्ने र राती त झन् सुत्नै नसक्ने अवस्था सिर्जना भएको बर्जु २ का बैजनाथ मुखियाको गुनासो छ ।
यता कुनै पनि सुरक्षा नपनाई काम गर्नुपर्ने आफ्नै वाध्यता त्यहाँका मजदुरहरुलाई । न माक्स छ न त हातमा पञ्जा नै छ, तथापी उनीहरु त्यहाँ काम गरिरहेका भेटिन्छन् ।
यसरी निरन्तर फोहोर जन्य धुँवामा लामो समयसम्म काम गर्दा मानव स्वास्थ्यमा ठुलो असर पर्ने चित्सिकहरुको भनाई छ । प्लास्टिकजन्य धुवाँले गर्दा स्वासप्रश्वासको रोग भएका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित हुने गरेको र पछि गएर आँखामा जलन, टाउको दुख्ने, खोकी र दमका समस्याहरु देखापर्ने पर्ने विराट नर्सिङ्ख होमका जनरल प्राक्टिस एण्ड एमेर्जेन्सी मेडिकल अफिसियर डा. दिक्षान्त प्रसाईले बताए ।
‘डम्पिङ साइट’को बारेमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक संघसस्थाहरुले आवाज उठाउदै आएका पनि छन् । सो क्षेत्रबाट डम्पिङ साईट मानव बस्तीबाट हटाउनुपर्छ भनेर स्थानियवासीले ध्यानाकर्षण गराउदै आएका छन् । तर समस्याको समाधान कहिकतैबाट भने हुन सकिरहेको छैन ।
विराटजनगर महानगरपालिका फोहोर व्यावस्थापन शाखा प्रमुख पुनम दाहालका अनुसार अझै पनि यो समस्या चारपाँच वर्षसम्म रहन्छ । किनकी महानगरपालिकाले एडिबीको सहयोगमा विराटनगर १६ मा एकिकृत फोहोर व्यवस्थापन प्रशोधन केन्द्रको निर्माणको काम सन् २०२६ पछि सुरु हुने बताइएको छ । यो प्रोजेक्ट सुरु भएपछि निर्माण अवधीसहित पाँचवर्ष अहिलेकै स्थानमा फोहोर फ्याँक्नुपर्ने हुन्छ ।
डम्पिङ साईट त्यहाँबाट हटाएर विराटनगर महानगरपालिका वडा नम्बर १२ र १६ को सिमानामा साढे १० विगा जमिनमा सार्ने तयारी गरेको छ । यसको गुरुयोजना बनेपनि एशिया विकास बैंकको ऋण सहयोगमा यो निर्माण हुन अझै केहिवर्ष लाग्नेछ ।