बिग्रेपछि बनेन विराटनगरमा वायु प्रदुषण मापन यन्त्र

<span class='c1'>बिग्रेपछि बनेन विराटनगरमा वायु</span> <span class='c2'>प्रदुषण मापन यन्त्र</span>

इन्दु साह
विराटनगर । काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदुषणको अवस्था अति अस्वस्थकर बन्दै गएको छ । वायु प्रदुषण हुनसक्ने संकेत कोशीमा पनि देखिएको छ । तुवाँलो फैलदै कोशीको पहाडी तथा हिमाली क्षेत्रसम्म पुगेको छ । तराईका जिल्लामा पनि उतिकै जोखिम हुने देखिएको छ ।

यस्तो अवस्थामा विराटनगरमा भने वायुको गुणस्तर कस्तो छ ? भनी नागरिकले जान्न चाहेमा बुझ्‌नसक्ने अवस्था छैन । विराटनगरमा भएको वायुको गुणस्तर मापन गर्ने यन्त्र ’एयर क्वालिटी मोनिटरिङ स्टेशन’ विगत लामो समयदेखि बिग्रिएको छ । यो स्टेशनले पार्टिकुलेट म्याटर, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मोनोअक्साइड लगायतका प्रदूषकहरुको मात्रा मापन गर्ने गर्दछ । मोरङ वन डिभिजन कार्यालयमा हावाको गुणस्तर कस्तो छ भनी दैनिक देखाइने डिजिटल डिस्प्ले बोर्ड लामो समयदेखि बन्द भएको हो ।
मोरङ वन डिभिजन कार्यालयका सूचना अधिकारी राम लखन ठाकुरका अनुसार अहिले ६ महिनादेखि उक्त डिस्प्ले बोर्ड बन्द अवस्थामा छ । तर एक वर्ष अगाडि आवर विराटनगरले नै डिस्प्ले बोर्ड बिग्रिएको भनी समाचार लेखेको थियो । यस हिसाबले यो बोर्ड ६ महिना होइन, १ वर्षभन्दा लामो समयदेखि बिग्रिएको देखिन्छ ।

सूचना अधिकारी ठाकुरका अनुसार हावाको गुणस्तर मापन गर्नेयन्त्रलाई नियन्त्रण गर्ने कार्य संघीय सरकार अन्तर्गत काठमाण्डौँमा रहेको वातावरण विभागले हेर्ने गरेको छ । डिभिजन वन कार्यालयमा डिस्प्ले बोर्ड मात्र राखिएको तर नियन्त्रण भने वातावरण विभागले गर्दै आएको ठाकुरले बताए । हामीले डिस्प्ले बोर्ड बिग्रिएको जानकारी विभागलाई पटक–पटक गराएको थियौँ तर पनि मर्मत गरिएको छैन ठाकुरले भने । अहिले देशका विभिन्न स्थानमा वायु अस्वस्थकर भएको भनी नागरिकलाई यसबाट सुरक्षित रहन आग्रह गरिरहेको अवस्था छ । यस्तो समयमा विराटनगरमा भने हावाको गुणस्तर कस्तो अवस्थामा छ भन्ने समेत जानकारी हुँदैन ।

कोशी प्रदेश राजधानी तथा प्रदेशको एक मात्रै महानगरपालिकामा रहेको एउटा स्रोतको संरक्षणमा कुनै निकायले पनि चासो देखाएको देखिदैन । हावाको गुणस्तर कस्तो छ भनी नागरिकलाई थाहा हुँदा सावधानी अपनाएर अस्वस्थकर वायुबाट जोगिन सक्छन् । उसै पनि चैत–बैशाखमा वन डढेलोको कारण वायु प्रदुषण हुन्छ । र विराटनगरमा सवारीबाट निस्कने धुवाँ र सडकको धुलोले थप प्रदुषित बनाईरहेको छ ।
विराटनगर आसपास धेरै कलकारखानाहरु छन् । यहाँ वायु गुणस्तर मापन यन्त्र अति आवश्यक हुन्छ । अस्वस्थकर वायुले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई गम्भीर स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । दम, ब्रोङ्काइटिस, निमोनिया र अन्य श्वासप्रश्वास सम्बन्धी रोगहरु बढ्न सक्छन् । प्रदूषित वायुले आँखा र छालामा जलन, रातोपन र एलर्जीको समस्या बढाउँछ । लामो समयसम्म प्रदूषित वायुमा रहँदा फोक्सोको क्यान्सर लगायतका रोगहरुको जोखिम बढ्छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र पहिले नै स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा अस्वस्थकर वायुले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2