विराटनगर-विराटचाैक सडकमा दुर्घटना, मोटरसाइकल चालककको मृत्यु

विराटनगर-विराटचाैक सडकमा दुर्घटना, मोटरसाइकल चालककको मृत्यु

मोरङ, असार २२ गते।
मोरङको ग्रामथान गाउँपालिका-२ पिडारबनी स्थित बिराटचौक-विराटनगर सडक खण्डमा बुधबार ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालककको ज्यान गएको छ।
बेलुका ९ बजेतर दक्षिणबाट उत्तरतर्फ जादै गरेको को २ त २४५५ नम्बरको ट्याक्टरले विपरित दिसाबाट आउदै गरेको को २३ प ७०७ नम्बरको मोटरसाइकल चालक जिल्ला महोतरी बर्दिवास-१ बस्ने ३० बर्षिय लोक बहादुर तामाङ्लाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भिर घाइते भएका तामाङको न्युरो अस्पताल विराटनगरमा बेलुका ९;४० बजे मृत्यु भएको हो। यस्तै मोटरसाइकल पछाडी सवार विराटनगर महानगरपालिका-१६ बस्ने अन्दाजी ३० बर्षिय राजु न्यौपाने घाईते भएका छन्। उनको सोही अस्पतालमा उपार भइरेहको छ। ठक्कर दिने ट्याक्टर र त्यस्का चालकलाई प्रहरी चौकी झोराहाटले नियन्त्रणमा लिएको छ।
यस्तै मोरङकै सुन्दरहरैचा नगरपालिका-९ झर्ना पुल नजिकै पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को १९ प ६९५८ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४४ बर्षिय हरी प्रसाद पौडेल घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमामा उपचार भइरहेको छ ।
दुर्घटनामा स्कुटर चालक सुनसरी प्रकाशपुर-१० बस्ने २४ बर्षिय अभिनाश अधिकारी समेत घाईते भएकाले उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाईएको प्ररही चौकी विराटचोकले जनाएको छ।
प्रहरी स्राेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्