कोरियामा नेपाली तेक्वान्दो खेलाडी सन्ध्याले जितिन् स्वर्ण पदक

<span class='c1'>कोरियामा नेपाली तेक्वान्दो खेलाडी</span> <span class='c2'>सन्ध्याले जितिन् स्वर्ण पदक</span>

काठमाडौं । दक्षिण कोरियामा भएको छुनछोन कोरिया ओपन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सन्ध्या कुमारी सिंहले स्वर्ण पदक जितेकी छिन् । त्यस्तै नेपालकी अर्की खेलाडी निरिता याकथुम्बाले कास्य पदक जितेकी छिन् ।
छुनछोनमा बिहिबार भएको खेलमा जुनियरतर्फको कलर बेल्ट ५७ केजी मुनिको तौल समूहमा सन्ध्याले स्वर्ण जितेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । पहिलो खेलमा काजेकिस्तानकी खेलाडीलाई २६–१२ ले हराइकी सन्ध्याले फाइनलमा रसियाकी खेलाडीमाथि ३०–८ को फराकिलो जित निकाल्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।
यस्तै कलर बेल्ट ६२ केजी मुनिको तौल समूहमा निरिताले काजेकिस्तानका खेलाडीसँग पराजित हुँदै कास्य पदक जितेकी हुन् । पहिलो खेलमा बाई पाएकी निरिता सेमिफाइनलमा काजेकिस्तानकी खेलाडीसँग १२–१० ले पराजित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्