मकालु टेलिभिजनलाइ राष्ट्रिय सम्मान

मकालु टेलिभिजनलाइ राष्ट्रिय सम्मान

कृषि सूचना तथा सञ्चार केन्द्रले मकालु टेलिभिजनलाई पुरस्कृत गरेको छ ।
कृषि सम्बन्धि समाचारहरुलाई प्राथमिकताका साथ प्रशारण गरेको बिषयलाई मुल्यांकन गर्दै केन्द्रले मकालु टेलिभिजनलाई पुरस्कृत गरेको हो । केन्द्रले आफ्नो ५० बर्ष पुरा गरेको अवसरमा कृषि तालिम निर्देशनालय हरीहरभवन ललितपुरमा आयोजित स्वर्ण महोत्सव कार्यक्रमका बीच टेलिभिजनलाई पुरस्कृत गरिएको हो । मकालु टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत दिवस सुवेदीले पुरस्कार ग्रहण गर्नुभयो ।
कार्यक्रममा कृषिसंग सम्बन्धि उत्कृष्ट समाचार प्रशारण गरेको भन्दै राजविराजस्थित सिएफएम र उदयपुरको त्रियुगा एक्सप्रेस दैनिकलाई समेत पुरस्कृत गरिएको थियो । सो अवसरमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत अन्य व्यक्तिहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा कृषि विभागका महानिर्देशक डिलाराम भण्डारी, राष्ट्रिय कृषक समुह महासंघका प्रमुख कार्यकारी अधिकृत उद्धव अधिकारी लगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्