विराटनगरका औषधि पसलमा अनुगमन, बिना दर्ता सञ्चालन भएका पनि भेटिए

विराटनगरका औषधि पसलमा अनुगमन, बिना दर्ता सञ्चालन भएका पनि भेटिए

आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले विराटनगरका औषधि पसल,फार्मेसी तथा क्लिनिकहरुको अनुगमन गरेको छ ।
विराटनगरमा संचालित एक दर्जनभन्दा बढी क्लिनिक तथा फार्मेसीहरुको विभागले अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश फार्मेसी तथा क्लिनिकहरु बिना दर्ता सञ्चालन भएका, सम्बन्धित व्यवसायीहरु नबसेर अन्य व्यक्तिले औषधि बिक्री वितरण गरिएको पाइएको छ । अनुगमनका क्रममा विराटनगरको गेटवेल अस्पताल अगाडि संचालनमा रहेको सेरम ल्याब स्वीकृति बिना संचालन भएको पाइएकाले शिलबन्दी गरिएको छ । यस्तै ममता हेल्थ केयर सेन्टरमा आवश्यक कागजपत्र नपाइएकाले बन्द गरिएको छ । विराटनगर न्युरो अस्पतालको छेउमा संचालित फेसबुक फार्मेसीलाई सम्बन्धित व्यवसायी नभएर अन्य व्यक्तिले औषधि वेच्ने गरेको पाइएकाले स्पस्टीकरणसहित ७ दिनभित्र औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

यसैगरी दिलावर फार्मेसी, दिक्षान्त मेडिकल प्रालि, लालि गुराँस फार्मेसीमा आवश्यक कागजपत्र नपाइएका र सम्बन्धीत व्यवसायी नभई अन्यले औषधि विक्री वितरण गरेको पाइएकाले बन्द गर्न लगाएको छ । यसैगरी कोशी अञ्चल छेउका सनोज मेडिकल हलमा व्यवसायी अनुपस्थित भएको, महिला स्वास्थ्य क्लिनिकमा कार्यरत कर्मचारीको आवश्यक कागजपत्र नभएको, रेकर्न प्याथोलोजी संचालन स्वीकृति नलिइएको र गुरु मेडीकल हलमा व्यवसायी अनुपस्थित भएको पाइएको टोलीले जनाएको छ । अनुगमनका क्रममा आवश्यक मापदण्ड विपरीत संचालित फार्मेसी तथा क्लिनिकहरुलाई कार्वाहीका लागि औषधि व्यवस्था विभाग पठाइने निरिक्षण टोलीका संयोजक निरोज घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्