मतदाता नामावलीमा नाम टिपाउने कार्य आजदेखि सुरु

मतदाता नामावलीमा नाम टिपाउने कार्य आजदेखि  सुरु

मतदाता नामावलीमा नाम नभएकाहरुले आजदेखि जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता गराउन पाउने भएका छन् ।  निर्वाचन आयोगले प्रदेश सभा र संघीय संसद् निर्वाचनलाई मध्येनजर गरेर आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ ।
मतदाता नामावलीमा नाम छुटेका, उमेर पुगेका, नाममा कुनै त्रुटी भएकाले आफ्नो नाम जिल्ला निर्वाचन कार्यालयमार्फत अद्यावधिक गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । “यसअघि  २०७४ वैशाख ३ गते आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र लिई आ–आफ्नो स्थायी बसोवास भएको जिल्लाको निर्वाचन कार्यालयमा आफू स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन हुन सम्बन्धित सरोकारवालाहरुलाई निर्वाचन आयोग अनुरोध गर्दछ । आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधि अर्थात २०७४ श्रावण १ देखि १५ गतेसम्ममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था समेत गरिएको छ,” निर्वाचन आयोगको निर्णयमा भनिएको छ, “ यसअघि नाम दर्ता गराई मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनुपर्दैन । नाम दर्ता भइसकेपछि २०७४ साल श्रावण १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने व्यवस्था मिलाइएको छ ।”
तर नेपाली कांग्रेसका नेताहरुले वर्षाको समयमा जिल्ला निर्वाचन कार्यालयमा जान अफ्ठेरो पर्ने भएकाले केह समय थप गर्न निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्