स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको विजय सुरुआत

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको विजय सुरुआत

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजय सुरुआत गरेको छ । आइतबार राति भएको पहिलो खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–० ले पराजित गर्दै विजय सुरुआत गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन सर्जियो रोबर्टोले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै बार्सिलोनाले लिगमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

नाउक्याम्पमा बार्सिलोनाले आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको ३६ औं मिनेटमा रियलका एलिन टोअस्काले आत्मघाती गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।  तीन मिनेट पछि नै रोबर्टोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ – ० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप गोल गर्न सकेन । यस्तै रियल बेटिसपनि खेलमा फर्कन सकेन र खेल बार्सिलोनाले २ – ० ले आफ्नो बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्