पूर्वी तराईको तटीय क्षेत्रका बाढी आउने सम्भावना, सावधानी अपनाउन आग्रह

<span class='c1'>पूर्वी तराईको तटीय क्षेत्रका बाढी</span> <span class='c2'>आउने सम्भावना, सावधानी अपनाउन आग्रह</span>

काठमाडौं, भदौ ११ – पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

आइतबार पूर्व र मध्य क्षेत्रमा पानी पर्ने भएकाले नदीमा बाढीको जोखिम रहेको भन्दै शाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो । विभिन्न नदीमा पानीको सतहले सतर्कता तह पार गर्ने संभावना नभएपनि लगातार पानी पर्दा सानो खोलामा बाढी आउने भन्दै सावधानी अपनाउन भनिएको छ ।

कोशी, बागमती, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा सोमबार बिहानसम्म नै जोखिम भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको हो ।

यस्तै पहिरो गएको ठाउँमा थप पहिरो खस्ने संभावना भएकाले आवातजावत गर्दा सतर्कता अपनाउन भनिएको छ । अहिले पनि पूर्वी नेपालका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । (उज्यालो अनलाइनमा समाचार छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्