पाकिस्तानी क्रिकेटर शर्जील खानलाई सबैखाले क्रिकेटमा प्रतिबन्ध

पाकिस्तानी क्रिकेटर शर्जील खानलाई सबैखाले क्रिकेटमा प्रतिबन्ध

पाकिस्तानी क्रिकेटर शर्जील खानलाई सबैखाले क्रिकेटमा प्रतिबन्ध लागेको छ । म्याच फिक्सीङमा दोषी देखिएपछि पाकिस्तान क्रिकेट बोर्डले शर्जीललाई पाँच वर्षको लागि प्रतिबन्ध लगाएको हो ।

यसै सिजन पाकिस्तानमा भएको पाकिस्तान सुपर लिग क्रिकेटको दौरान शर्जीलले स्पोट फिक्सीङ गरेको कारण प्रतिबन्ध लगाइएको हो । शर्जीलले उक्त लिगको दौरान एन्टी करप्सनको नीति तथा नियम उल्लंघन गरेको प्रमाण फेला परेको कारण प्रतिबन्ध गरिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय टोलीबाट एक टेष्ट, २५ एकदिवसीय र १५ टि–ट्वान्टी खेल खेलिसकेका देब्रेहाते ब्याट्सम्यान शर्जीलले इस्लामावाद युनाइटेडबाट सुपर लिग खेलेका थिए । शर्जीलसँगै सुपर लिग खेलेका अर्का पाकिस्तानी क्रिकेटर खालिद लाटिफलाई पनि प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्