रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छन् । निलम्बनबाट फुकुवा हुँदै टेनिस कोर्ट फर्किएकी सारापोभा बुधबार भएको दोस्रो चरणमा हंगेरीका टाइमिया बाबसलाई  पराजित गर्दै तेस्रो चरणमा पुगेकी हुन् ।

करिब १५ महिनापछि पहिलो ग्राण्डस्लामको रूपमा युएस ओपन खेलेकी सारापोभाले बाबसलाई ६–७ (४ – ७ ), ६–४ र ६–१ को सेटमा हराएकी हुन् । सारापोभाले पहिलो चरणमा दोस्रो बरियताकी रोमानियाकी सिमोना हालेपलाई पराजित गरेकी थिइन्  ।

जितपछि सारापोभाले आफूलाई आफ्नो क्षमतामा विश्वास रहेको र समर्थकहरूको मायाले सम्भब भएको बताईन् । सारापोभाले भनिन् , “मलाई थाहा छ मैले गर्न सक्छु र मैले पुरा गरे । म टेनिसमा फर्कदा समर्थकहरुको माया अद्भुत रह्यो, यो मेरो लागि सबैभन्दा ठुलो कुरा हो ।“ अब चौथो चरणमा प्रवेशको लागि सारापोभाले अमेरिकन सोफिया किनको सामना गर्ने छिन् ।

शत्तिवद्र्धक औषधि प्रयोग (डोपिङ) मा असफल भएपछि ५ पटकको ग्राण्डस्लाम विजेता सारापोभालाई टेनिस फेडेरेसनले निलम्बन गरेको थियो । हाल १४६ औं वरियताकी सारापोभाले सन् २००६ मा युएस ओपनको उपाधि जितेकी थिइन् । सारापोभाले सन् २०१६ मा अष्ट्रेलियन ओपन खेलेकी थिइन् ।

युएस ओपन अन्तर्गत नै अमेरिकन भेनस विलियम्स पनि तेस्रो चरणमा प्रवेश गरेकी छिन् । नवौ बरियताकी भेनसले फ्रान्सकी ओसिना डोडीनलाई ७ – ५ र ६ – ४ ले पराजित गरिन । पुरुषतर्फ क्रोएसियाका मारिन किलीच, स्विस साम क्वारी र बेल्जियमका डेभिड गोफिनले पनि तेस्रो चरणमा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्