क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगल बिजयी

<span class='c1'>क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक</span> <span class='c2'>गरेपछि पोर्चुगल बिजयी</span>

कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा पोर्चुगलले सहज जित निकालेको छ । सन् २०१८ को रुसमा हुने विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएको खेलमा रोनाल्डो प्रेणित पोर्चुगलले फारोई आइसल्याण्डलाई ५–१  ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान  रोनाल्डोले देशको लागि पाँचौ ह्याट्रिक पुरा गरे । खेलको तेस्रो मिनेटबाट गोलको खाता खोलेका रोनाल्डोले २९ औं मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर बनाए  । त्यसपछि खेलको ६५ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । योसंगै ३२ बर्षिय रोनाल्डोले देशको लागि ७८ औं गोल पुरा गरे ।

यस्तै पोर्चुगलको जितमा विलियम कार्भालोले ५८ औं मिनेट र नेलसन ओलिभेराले ८४ औं मिनेटमा गोल गरेका थिए । आइसल्याण्डको लागि एक मात्र गोल रोग्भी बाल्डभिसनले ३८ औं मिनेटमा गरे ।

जितपछि युरोपियन क्षेत्रको छनौटको समूह ‘बी’ मा रहेको पोर्चुगलले १८ अंक जोडेको छ । र, पोर्चुगल समुहको दोस्रो स्थानमा छ । समुह ‘बी’ मा स्वीट्जरल्याण्ड २१ अंक जोडेर शीर्ष स्थानमा छ । स्वीट्जरल्याण्डले बिहिबार राति एन्डोरालाई ३–० ले पराजित गरेको थियो । यस समुहबाट शिर्ष दुई टोलीले रुसको यात्रा तय गर्नेछन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्