जापान विश्वकपको लागि छनोट

जापान विश्वकपको लागि छनोट

रुसमा हुने विश्वकपको लागि जापान छनोट भएको छ  । सन् २०१८ मा रुसमा हुने विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएको एसियाको छनोट खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दै जापानले रुस यात्रा तय गरेको हो ।

जापानको जितमा ताकुमा असोनो युसुके इदेगेचीले दुवै गोल गरे । जितसँगै एसियाली छनोटको समूह  ‘बि’ मा रहेको जापानले ९ खेलबाट २० अंक जोडेको छ । जापानले लगातार छैटौँ पटक विश्वकपमा स्थान बनाएको हो । पराजित अष्ट्रेलिया समूहको तेस्रो स्थानमा छ । एसियाबाट इराकले यसअघि नै विश्वकपमा स्थान बनाइसकेका छन् ।

एसिया छनोट अन्तर्गत नै बिहिबार राति भएको खेलमा साउदी अरेबियालाई युएईले २–१ ले पराजित गरेको छ । यस्तै इराकले थाइल्याण्डलाई २–१ ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्