इंग्ल्यान्डको स्लोभाकियामाथि साँघुरो जित

इंग्ल्यान्डको स्लोभाकियामाथि साँघुरो जित

काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा इंग्ल्यान्डले स्लोभाकियामाथि साँघुरो जित निकालेको छ । सन् २०१८ मा रुसमा हुने विश्वकप छनौट अन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्यान्डले स्लोभाकियालाई २ – १ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डको लागि इरिक डाएर र मार्कुस राष्फोर्डले समान एक एक गोल गरे । स्लोभाकियाका स्टानिस्लाभ लोबोत्काले एक गोल फर्काए ।

वेम्बलीमा भएको खेलमा सुरुवाती अग्रता भने पाहुना टोलीले बनाएको थियो । खेलको तेस्रो मिनेटमा नै स्टानिस्लाभले गोल गर्दै स्लोभाकियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ३७ औं मिनेटमा डाएरले बराबरी गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको दोस्रो हाफमा भने घरेलु टोलि हावी भएको थियो । त्यसपछि खेलको ५७ औं मिनेटमा राष्फोर्डले गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

यो जितपछि समूह ’एफ’ को इंग्ल्यान्डले विश्वकपमा छनोट हुने सम्भावना जिवितै राखेको छ । छनोटको ८ खेल सकिदा इंग्ल्यान्डले ६ जितसहित १९ अंक जोडेको छ । र, इंग्ल्यान्ड आफ्नो समूहको शिर्ष स्थानमा छ । यस समूहमा पराजित स्लोभाकिया दोस्रो स्थानमा छ । स्लोभाकियाले १५ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्