बिराट फुटसल कप २०७४ मा भिड्ने १२ वटा टिम छनोट

बिराट फुटसल कप २०७४ मा भिड्ने १२ वटा टिम छनोट

पुर्वान्चल कै भब्य कर्पोरेट फुटसल प्रतियोगिता “बिराट फुटसल कप” को दोस्रो संस्करणमा सामेल हुने टिम छनोट भएको छ । प्रतियोगिताको पहिलो सस्करण गत बर्ष बिराटनगरमा भव्यताकासाथ सम्पन्न भएको थियो । १६ वटा बिभिन्न कर्पोरेट टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गत बर्ष मनमोहन पोलिटेक्निक कलेज बिजय भएको थियो । मनमोहनले फाईनलमा मकालु टेलिभिजनलाई हराएर उपाधी बिजेता बनेको थियो ।

पुर्वान्चलका बिभिन्न बिजनेस हाउस तथा बैंकहरुको सहभागिता रहने उक्त प्रतियोगितामा १५० बढी खेलाडीहरुको सहभागिता रहनेछ। यसबर्षको संस्करणको लागि टिमको रेजिश्ट्रेसन सम्पन्न भएको छ । यसबर्ष भने लिग कम नकआउट खेल गराइने भएको छ। जसमा ४ वटा समुहमा ३-३ वटा टिम हुने छन् भने ग्रुपको बिजेता टिम सेमिफाइनलमा जाने छन् । प्रतियोगितामा पिएलो , एनआइसी बैंक , सनराइज बैंक , यूरो कलेज , डाइनामिक एजुकेसन , मकालु टेलिभिजन, एम एम प्लास्टिक , मनमोहन पोलिटेक्निक, नेपाल एसबीआइ बैंक , अशोक लेल्याण्ड, न्यूरो अस्पताल र नेपाल बंगलादेश बैंक रहेका छन् । प्रतियोगिताको टाइसिट भदौ २८ गते सार्वजनिक गरिने प्रतियोगिताका संयोजक सरोज लम्सालले जानकारी दिए । बिजेता टोलीले यसबर्ष ५० हजार नगद साथै ट्रफी , त्यसैगरी दोस्रो हुनेले २५ हजार र ट्रफी पाउने आयोजकले जनाएको छ । प्रतियोगिता भदौ ३० गतेबाट सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्