अन्नपुर्ण सिमेन्ट विराट फुटसल कपकाे सुरूवात अाजबाट हुँदै

अन्नपुर्ण सिमेन्ट विराट फुटसल कपकाे सुरूवात अाजबाट हुँदै

अाजबाट पुर्वाञ्चल कै सबै भन्दा ठुलाे फुटसल प्रतियाेगिता 'अन्नपुर्ण सिमेन्ट विराट फुटसल कप' अाजबाट सुरू हुँदैछ । ओवी मिडीया प्रालीले आयोजनामा हुन लागेकाे उक्त प्रतियाेगिताकाे पहिलाे खेल अाज साढे पाँच बजेदेखि मकालु टेलिभिजन र नेपाल एसबिअाइ बैंक बिच हुनेछ । मकालु टेलिभिजन गत संस्करणकाे उपविजेता हाे । प्रतियाेगितामा १२ वटा कर्पाेरेट टिमकाे सहभागिता रहेकाे छ ।

बुधबार साझ भएकाे एक कार्यक्रम बिच टाईसिट ड्र गरि ति १२ टिमहरूलाइ ४ वटा समुहमा विभाजन गरिएकाे थियाे । जसबाट समुह ए अन्तर्गत मकालु टेलिभिजन , एस.वि.आई बैंक लिमिटेड र आइ.म.इ ग्रुप रहेको छ। समुह वि अन्तर्गत  डाईनामिक एजुकेशन कम्ल्पेक्स, युरो कलेज र सनराईज बैंक लिमिटेड रहेको छ । उता समुह सी अन्तर्गत  एम.एम प्लास्टिक, नेपाल बाङलादेश बैंक र एन.आईसी बैंक रहेको छ । समुह डि अन्तर्गत  मनमोहन मेमोरियल पोलिट्याङक, न्यू हस्पिटल र पि.एल.ओ लुब्रिकेन्ट्स रहेका छन् ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ सहित ट्रफि तथा उपबिजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने अायाेजकले बताएका छन् । त्यसको साथै उत्कृष्ट खेलाडी, हरेक खेलको उत्कृष्ट खेलाडीहरुलाई ट्रफी रहेको खेल संयोजक सरोज लम्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्