मकालु टेलिभिजन विराट फुटसल कपकाे सेमिफाइनलमा प्रवेश

मकालु टेलिभिजन विराट फुटसल कपकाे सेमिफाइनलमा प्रवेश

विराटनगरमा गत भदाै ३० गतेबाट संचालन भइरहेकाे अन्नपुर्ण सिमेन्ट विराट फुटसल कप अन्तरगत अाज भएकाे खेलमा बिजयी भइ मकालु टेलिभिजन प्रतियाेगिताकाे सेमिफाइनल प्रवेश गरेकाे छ । समुह ए अन्तर्गतकाे दुइ खेल जित्तै मकालु टेलिभिजन सेमिफाइनलमा प्रवेश गरेकाे हाे । अाज भएकाे खेलमा मकालु टेलिभिजनले इटहरीकाे अाइएमइ माेटर्सकाे टाेलीमाथि ११-२ काे गाेल स्काेरका साथ फराकिलाे गाेल अन्तरले बिजयी हुदै सेमिफाइनलकाे यात्रा तय गरेकाे हाे । यस अघि मकालु टेलिभिजनले नेपाल एसबिअाइ बैंक माथि जित हासिल गरेकाे थियाे ।

यसै गरि अाजकाे दाेश्राे खेल अन्तर्गत सनराइज बैंक विरुद्ध डायनमिक एजुकेशन कम्प्लेक्सकाे खेलमा डायनमिककाे टिम मैदानमा सहि समयमा नअाइ वाल्क अाेभर गरेकाेले सनराइज बैंकलाइ म्याचका अभिसियलहरूले स्वत बिजेता घाेषणा गरेका छन् । यसै गरि अनुशासनकाे कारबाहि अनुरूप डायनमिक एजुकेशन कम्प्लेक्सकाे टिमलाइ अायाेजकले अागामी दुइ वर्षसम्मकाे प्रतियाेगितामा भाग लिन नपाउने गरि कारबाही गरेकाे छ । 

अाेबि मिडियाले अायाेजना गरेकाे यस प्रतियाेगिताकाे विजेताले उपाधी सहित ५० हजार रूपैया पुरस्कार प्राप्त गर्नेछन् । प्रतियाेगितामा यस अघि नै युराे कलेज सेमिफाइनलमा प्रवेश गरिसकेकाे छ भने समुह सि र डि बाट सेमिफाइनल प्रवेशका लागि खेलहरू हुन बाँकि रहेकाे छ ।

[caption id="attachment_40301" align="aligncenter" width="1920"] अाइएमइ माेटर्सकाे टाेली[/caption]

प्रतियाेगिताका अन्य खेलहरूमा भाेली असाेज ३ बिहान ७ बजे एनअाइसी एसिया विरूद्ध एमएम प्लास्टिक, साँझ ६ बजे नेपाल एसबिअाइ विरूद्ध अाइएमइ माेटर्स र ७ बजे पिएलअाे विरूद्ध मनमाेहन मेमाेरियल पाेलिटेक्निक बिच हुने अायाेजक समितिका संयाेजक सराेज लम्सालले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्