अन्नपुर्ण विराट फुटसल कप २०७४ को उपाधी युरो कलेज विराटनगरले चुम्यो

अन्नपुर्ण विराट फुटसल कप २०७४ को उपाधी युरो कलेज विराटनगरले चुम्यो

विराटनगर ५ असोज । ओवी मिडिया प्रालिले आयोजना गरेको अन्नपुर्ण विराट फुटसल कप २०७४ को उपाधी युरो कलेज विराटनगरले चुम्न सफल भएको छ । गत भदौ ३० गते देखि सुरु भएको विराट फुटसल कपको विहीबार भएको फाईनल खेलमा एनआईसी बैकलाई ७–२ फरक गोल अन्तरले युरो कलेज विराटनगरले जित हासिल गरेको हो । एनआइसी बैकको तर्फबाट सरोज चुडालले २ गोल मात्र गर्न सफल भए ।
त्यसैगरी युरो कलेजका संजिव राईले ४ र राम कट्वालले ३ गोल गर्न सफल भए ।
विजेता टिमले नगद ५० हजार र शिल्ड प्राप्त गरे भने उप विजेताले २५ हजारको साथमा ट्रफि हात पारे । विजेता तथा उप विजेता टिमहरुलाई कार्यक्रममा प्रमुख अतिथी विराटनगर महानगरपालीकाका मेयर भीम पराजुली विशिष्ट अतिथी फुजिमा आयल कम्पनीका डाईरेक्टर सुवोध कोईरालाले पुरष्कार हस्तान्तण गरेका थिए । खेलको म्यान अफ म्याच युरो कलेजका खेलाडी रोशन भुजेल भए ।

यसै गरि म्यान अफ दि टुर्नामेन्ट युराे कलेजकै खेलाडी राम कटुवाल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्