भारतले अष्ट्रेलियासँगको एक दिवसीय क्रिकेट सिरिज ४–१ ले जित्यो

भारतले अष्ट्रेलियासँगको एक दिवसीय क्रिकेट सिरिज ४–१ ले जित्यो

एजेन्सी । भारतले अष्ट्रेलियासँगको एक दिवसीय क्रिकेट सिरिज ४–१ ले जितेको छ । अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै भारतले शृंखला जितेको हो ।

विदर्भ क्रिकेट एसोसियसन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो । अष्ट्रेलियाका डेभिड वार्नरले ५३ रन बनाए । त्यस्तै, मार्कुस स्टाइनिसले ४६ र ट्राभिस हेडले ४२ रन बनाए भने अन्य खेलाडीले उच्च रन बनाउन सकेनन् । भारतका लागि अक्क्षर पटेलले ३ र जसप्रित बुमराहले २ विकेट लिए ।

२४३ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको भारतले ४२.५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि रोहित शर्माले शतक प्रहार गरे । शर्माले १०९ बलमा १२५ रन बनाए । भारतका लागि अजिंक्या राहनेले ६१ र कप्तान विराट कोहलीले ३९ रन बनाए । अष्ट्रेलियाका लागि आडम जाम्पाले २ विकेट लिए ।
चौथो खेलमा भने अष्ट्रेलियाले भारतलाई २१ रनले पराजित गरेको थियो । पहिलो एक दिवसीय खेलमा भारतले अष्ट्रेलियालाई २६ रनले पराजित गरेको थियो । दोस्रो खेलमा ५० रनले पराजित गरेको भारतले तेस्रो खेलमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको थियो ।

भारत टुरमा रहेको अष्ट्रेलियाले ३ वटा टि–ट्वान्टी क्रिकेट सिरिज खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्