बिराटनगरमा चाँदीको मुर्ती सहित एक भारतीय नागरिक पक्राउ

<span class='c1'>बिराटनगरमा चाँदीको मुर्ती सहित</span> <span class='c2'>एक भारतीय नागरिक पक्राउ</span>

मोरङ, असोज २१,  बिराटनगर महानगरपालिका १६ स्थित हुलास मेटल चौकबाट प्रहरीले शुक्रबार अपरान्ह चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले भारत अररीया जोगवनी बस्ने १८ बर्षिय दिनेश कुमार साहलाई पक्राउ गरेको हो।

साहले सेतो कपडाले बेरेर शरिरको बिभिन्न भागमा लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा अन्दाजी १ लाख ३० हजार ४ सय २० मुल्य बराबरको चाँदीको मुर्ती र पुजाको सामाग्री अन्दाजी २ किलो १६२ ग्राम फेला पारी बरामद गरेको हो।

बरामद सामानसहित साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्