विराटनगरमा दिनदहाडै आक्रमण हुन थाल्यो प्रहरी किन मौन..?

विराटनगरमा दिनदहाडै आक्रमण हुन थाल्यो प्रहरी किन मौन..?

कात्तिक १९ आईतबार । नेकपा एमालेका युवा नेता पर्वतराज निरौलामाथि शनिबार अज्ञात समुहद्धरा आक्रमण भएको छ ।
एमालेको युवा शक्ति परिचालन विभागका प्रमुख निरौलालाई हिजो साँझ सभा ५ बजेतिर ८ जनाको समूहले आक्रमण गरेका बताएका छन् । निरौलाका अनुसार ४ वटा मोटरसाइकलमा हेलमेट र मास्क लगाएर आएको समूहले हक्की स्टिक तथा खुकुरीले आक्रमण गरेका हुन्। ‘आक्रमणकारीको पहिचान गर्न सकिएन,’ निरौलाले भने, ‘आफू एक्लै थिएँ, खुकुरी र हक्की स्टिकले आक्रमण गरे।’ निरौलाको हातमा र टाउकोमा चोट लागेको भए पनि अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले निरौलालाई आक्रमण गरिएको बारे जानकारीमा आएको र अनुसन्धान भइरहेको बताए ।

यसैबीच विराटनगर–६ रामपुरमा रहेको घरमा कोही नभएको मौका छोपी अज्ञात समूहले शनिबार दिउँसो विराटनगर महानगरपालिका ६ का वडाअध्यक्ष विजय कामतको घर तोडफोड गरेको छ ।
दिउँसो गेटको ताला फोरेर भित्र रहेको टिभी, सीसा लगायतका सामान फुटाएको वडा अध्यक्ष विजय कामतले बताए । ‘कोही नभएको बेला कसले तोडफोड गर्‍यो थाहा छैन,’ कामतले भने, ‘८० हजार बराबरको क्षति भएको अनुमान छ ।’ प्रहरीलाई रिपोर्ट गरेको र अनुसन्धान भइरहेको जानकारी आएको कामतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्