नेपाली क्रिकेट इतिहासमा एतिहासिक दिन , नेपालले भारतलाई १९ रनले हरायो

नेपाली क्रिकेट इतिहासमा एतिहासिक दिन , नेपालले भारतलाई १९ रनले  हरायो

नेपाली यु–१९ क्रिकेट टिमले भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो ।

भारतलाई पराजित गरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि बढेको छ ।

१ सय ८६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा १६६ रनमात्रै बनाउन सक्यो । भारतका लागि कप्तान हिमांशु रानाले ४६, मन्जोत केर्लाले ३६ र अभिषेक शर्माले २७ रन बनाएका थिए । भारतका अन्य ब्याट्सम्यान भने सस्तैमा आउट भए । भारतका अनुज रावतले १८ र अथर्भा टाइडेले १३ रनको योगदान दिए पनि नेपालमाथि जित हात पार्न सकेन ।

नेपालको जितमा कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनको अलराउण्डर प्रदर्शनमा नेपालले भारतमाथि ऐतिहासिक जित दर्ता गराएको हो । नेपालका दिपेन्द्रसिंह ऐरीले ४, शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिए ।यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालको मध्यम स्कोरमा कप्तान दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । अर्धशतकीय पारी खेलेका दिपेन्द्रले ८८ रनको योगदान दिए ।

त्यस्तै नेपालका जितेन्द्र सिंह ३६ रन जोड्दा भीम सार्कीले १५ रन जोडे । सन्दिप लामिछाने ९ तथा किशोर महतो ७  रनमा अविजित रहे । त्यसबाहेक नेपालका अनिल कुमार साह र  रोहित कुमार पौडेलले समान ६–६  रन बनाउँदा कमल सिह ऐरीले ५ तथा आसिफ शेखले ३ रन बनाएर पेभेलियन फर्किए ।
भारतका आदित्य थाक्रे र अबिषेक शर्माले समान २–२  विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्