इटहरीमा बम विष्फोट , कांग्रेसका दुई कार्यकर्ता गम्भीर घाइते

<span class='c1'>इटहरीमा बम विष्फोट , कांग्रेसका</span> <span class='c2'> दुई कार्यकर्ता गम्भीर घाइते</span>

सुनसरी। सुनसरीको इटहरी महानगरपालिका नौ भलादमी टोलमा बम विष्फोट भएको छ । कांग्रेसको सभालाई लक्षित गरि भएको विष्फोटमा दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरि इटहरी–९ भलादमी टोलमा बम विष्फोट गराइएको हो । विष्फोट भएको सभास्थलमा कांग्रेस उम्मेद्वार विजय गच्छेदार जाने कार्यक्रम रहेको थियो ।

घरदैलो कार्यक्रम सकेर गच्छेदार सभास्थलमा जाने तयारीमा हुनुहुन्थ्यो । विष्फोट भएपछि कार्यक्रम स्थगित गरिएको छ । विस्फोटमा परि घाइते हुनेहरुमा १ वर्षीय यौवन न्यौपाने, १६ वर्षिया सुम्रिन अधिकारी रहेका छन् भने ५० वर्षीया गीता आचार्य र ५० वर्षीय धनबहादुर श्रेष्ठ घाइते भएको जनाइएको छ । घाइतेहरुको धरानस्थित विपि कोइराला अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्