रुसमा हुने फिफा विश्वकप फुटबलको ड्र आज सार्वजनिक हुँदै

रुसमा हुने फिफा विश्वकप फुटबलको ड्र आज सार्वजनिक हुँदै

एजेन्सी । आगामी वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको ड्र आज (शुक्रबार) रुसको राजधानी मस्कोमा सार्वजनिक हुँदैछ ।  सन् २०१८ को जुन १४ देखि जुलाई १८ सम्म हुने २१ औँ विश्वकपको ड्र सार्वजनिक कार्यक्रम नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ ।

रुस विश्वकपमा सहभागि हुने सबै ३२ राष्ट्रको टुङ्गो यसअघि नै तय भैसकेको छ ।

विश्वकपका लागि फिफाको ६ महादेशबाट छनोट खेलेका २०९ राष्ट्रबाट ३२ टोलीको टुंगो लागेको हो ।  रुस विश्वकपको अफिसियल पोष्टर बुधबार नै सार्वजनिक भैसकेको छ ।

फिफाले ड्र को लागि छनोट भएका ३२ राष्ट्रलाई ४ पटमा विभाजन गरेको छ ।  हरेक पटमा ८ टोलि रहने छन् ।  ४ पटमा रहेका ३२ राष्ट्रलाई ड्र बाट समूह चरणको लागि ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली रहनेछन् ।

रुस विश्वकपमा यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन्  ।

त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाए । योपटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेनन् । ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड प्ले-अफमा पुगेपनि विश्वकपमा स्थान बनाउन सकेनन् ।

रुस विश्वकपमा यसपटक पाँच पटकको विजेता ब्राजिल, साबिकको बिजेता जर्मनी लगायतका  ठुला राष्ट्रहरु छनोट भए । तर, यो पटक चार पटकको विजेता इटाली विश्वकपमा देखिने छैन । त्यस्तै युरोपबाट नेदरल्याण्ड, वेल्स जस्ता राष्ट्र समेत विश्वकपबाट बाहिरिन पुगेका छन् ।

युरोप बाहिरबाट अमेरिका, चिली, आइभरी कोष्ट, घाना जस्ता राष्ट्रहरुले  अर्को वर्षको विश्वकपमा खेल्ने छैनन् ।यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन् ।

विश्वकपमा छनोट भएका राष्ट्रः

युरोपः रुस, जर्मनी, इंगल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन

एसियाः जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया

दक्षिण अमेरिकाः ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया, पेरु

अफ्रिकाः इजिप्ट, नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया

उत्तर अमेरिकाः मेक्सिको, कोस्टारिका, पनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्