नेपालकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता इटहरीमा हुने

नेपालकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता इटहरीमा हुने

क्लबले यसअघि दानबहादुर स्मृति गोल्डकप फुटबल प्रतियोगिता, इटहरी गोल्डकपको नाममा फुटबल प्रतियोगिता गर्ने गरेकोमा यो वर्षदेखि भने नाम परिवर्तन गरेर पुरस्कार राशी थप गरेको हो । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, इटहरी उपमहानगरपालिका, मदन भण्डारी फाउण्डेशनको सहयोग रहने बताइएको छ । इटहरीलाई स्पोर्टर्स सिटी बनाउने अभियानमा यो प्रतियोगिताले पुलको काम गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । उहाँले रातो किताबमा समावेश गरिइसकेको यो प्रतियोगिता इटहरीमा गर्ने निर्णयले इटहरीको समग्र विकासलाई फाइदा हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

बिगतमा गर्दै आएको फटबल प्रतियोगितालाई यस बर्ष अझ ब्यवस्थित गरि सञ्चालन गर्न लागिएको क्लवका सदस्य अनुरोध थापाले जानकारी दिनुभयो । यस खेलमा इटहरीको तर्फबाट ए डिभिजनका खेलाडी खेल्ने पनि उहाँको भनाई थियो ।

प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्