मोरङ क्षेत्र नंम्बर ६ मा कस्ले मार्ला बाजी डाक्टर या पण्डित, हेवी उम्मेदवारको लडाई हेर्ने दिन नजिकै आउदैछ !!

<span class='c1'>मोरङ क्षेत्र नंम्बर ६ मा कस्ले मार्ला बाजी डाक्टर या पण्डित,</span> <span class='c2'>  हेवी उम्मेदवारको लडाई हेर्ने दिन नजिकै आउदैछ !!</span>

ओवी डेक्स

विराटनगर १५ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुन अब साता दिन मात्र रहिरहँदा सबैभन्दा बढी ध्यान यति बेला मोरङको क्षेत्र न ६ मा रहेको छ ।
अबको केहि दिनमा नै मौन अवधि सुरुहुने दिन पनि आँउदै छ । यद्यपी उम्मेदवारहरुले आजको दिनसम्म पनि आफ्नो जीत सुनिश्चित गर्न प्रचारप्रसारलाई अत्यन्त्यै तिब्र गतिमा अगाडी बढाईरहेका छन् ।
क्षेत्र नंम्बर ६ मा यस जिल्लाकै हेविवेट उम्मेद्वार मानिएका बाम गठबन्धनबाट एमालेका पोलिट्ब्यूरो सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं भावी पार्टी सभापती र प्रधानमन्त्रीको रुपमा समेत हेरिंदै आएका डा. शेखर कोइराला बिच कडा प्रतिष्पर्धिा हुने देखिएको छ ।
यस अघि मोरङ क्षेत्र नंम्बर ३ बाट सांसदमा निर्वाचित भएका पंण्डित अहिले क्षेत्र नंम्बर ६ बाट उम्मेद्वार बनेका छन् भने यस अघि २०६५ को पहिलो संविधानसभाको उपनिर्वाचन र ०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित भएका डा. कोइराला यसपटक पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार बनेका छन् । ९ वटा क्षेत्र रहेको मोरङमा हाल ६ वटा क्षेत्र बनाएपछि ६ नंम्बर क्षेत्रमा अन्य क्षेत्रको समेत भुभाग मिलाएकोले अघिल्ला चुनावको तुलना गर्न नसकिने देखिएको छ । पहिलेको क्षेत्र नंम्बर ७ हाल ६ नंम्बर क्षेत्र भएको र त्यसमा रहेको भुभाग भन्दा अहिले वामपन्थीहरुको राम्रो मत रहेको सुन्दरहरैंचाका २,३,४,५,६ र ७ नंम्बर वडा, विराटनगरको १२ नंम्बर वडा समेत थपिएको र एमालेबाट भावी राष्ट्रपतिको रुपमा समेत हेरिंदै आएका पण्डित प्रतिष्पर्धामा रहेकोले कोइरालालाई चुनाव जित्न फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ । विराटनगरलाई महानगरपालीका बनाउन भूमिका निर्वाह नगरेको , टंकिसिनवारीलाई महानगरपालीकामा मिसाउन नदिएकोमा टंकीवासी र आफ्नै कार्यकर्ताको रोष , दुई दुई पल्ट विजयी भएर क्षेत्रको विकासमा ध्यान नदिएको आरोप खेपिरहेका कोइरालालाई उनको राम्रो पकड मानिएको विराटनगरको वडा नंम्बर ६ मा गएको स्थानिय निर्वाचनमा माओवादी केन्द्रका विजय कामतले अत्यधिक मत ल्याएर वडाध्यक्षमा विजयी , ५ नंम्बर वडामापनि एमालेका मीन आचार्य वडाध्यक्षमा विजयी भएबाट यसपटक कांग्रेसको गढ मानिएको यस क्षेत्रमा पण्डितले भत्काउने आंकलन गरिंदैछ । तर फोरम लोकतान्त्रिकको राम्रो पकड मानिने यस क्षेत्रमा फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएको र राप्रपाले समेत उनलाई सघाउने गरि उम्मेद्वारी नदिएकोले कोइराला विजयी हुने र कांग्रेसको वर्चश्व जोगाउने अनुमान गरिएको छ ।
अर्को तर्फ मधेशी, थारु,मुस्लिम र पिछाडी पारिएका समुदायको निर्णायक मत मानिने क्षेत्र नंम्बर ६ मा मधेशी समुदायको मत बामगठबन्धनका उम्मेद्वार एमाले नेता पण्डितलाई गए उनको विजय सुनिश्चित देखिन्छ । माओवादी केन्द्रको समेत राम्रो मत रहेको यस क्षेत्रमा एमालेसंग गठबन्धन गरेर सादगी, इमान्दार , स्वच्छ छवी भएका र सामान्य प्रशासन मन्त्री हुँदा डिभि , पिआरका विषयमा अडान लिएर चर्चित बनेका पंण्डितलाई युवा र शिक्षित वर्गले मत दिएर विजयी गराउने अड्कल गरिंदै आएको छ ।
दुबै गठबन्धनले आ–आफ्नो उम्मेद्वार विजयी हुने दावी गरिरहेका छन् ।
निर्वाचनका क्रममा यस क्षेत्रबाट बाम गठबन्धनका उम्मेद्वार पण्डितले स्थायि सरकार निर्माणकालागि वामगठबन्धनलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गरिरहेका छन् । उनले विराटनगरलाई प्रदेशको राजधानी बनाउँदै ग्रेटर बिराटनगरको योजना लिएर चुनावी प्रचारप्रसारलाई तिब्र बनाइरहेका छन् । उनले बिराटनगरलाई महानगर बनाउन चाहने र नचाहने शक्तिबीचको लडाइँ क्षेत्र नं ६ मा रहेकोले आफुले बोर्डमा मात्र महानगर लेखिएको बिराटनगरलाई बास्तविक महानगर बनाउँदै प्रदेश राजधानीको पूर्वाधार निर्माण गर्ने बताएका छन् । उनले विराटनगरदेखि चिनियाँ नाका किमाथाङकासम्म जोड्ने कोशी राजमार्गको निर्माणमा तिव्रता दिने , बिराटनगर रिङरोडलाई स्तरोन्नति गर्ने , वर्षाको समयमा विराटनगरमा डुवान हुने गरेकाले रिङरोडलाई बाँधका रुपमा पनि विकास गर्ने , विराटनगर वा आसपासको क्षेत्रमा क्यान्सर र मूटु रोगको उपचार गर्ने सरकारी अस्पताल र विराटनगरमा भ्यू टावर निर्माण गर्ने एजेण्डा लिएर मत मागीरहेका छन् । सादगी र इमान्दार नेताको रुपमा चिनिने पण्डितले विकासमा पछि परेको विराटनगरलाई औद्योगिक नगरीका रुपमा विकास गर्दै रोजगारको अवसर सिर्जना गर्ने , कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै मतदाताको घरमा पुगीरहेका छन् ।
पंण्डितका प्रतिष्पर्धि कांग्रेसका कोइरालाले वामगठबन्धन अधिनायकवाद ल्याउनकालागि भएकोले लोकतन्त्र जोगाउन कांग्रेस गठबन्धनलाई विजयी गराउन आम मतदाताहरुसंग आग्रह गरिरहेका छन् । उनलेपनि विराटनगरलाई प्रदेशको राजधानी बनाउने, सामुदायिक विद्यालयबाट एसईईमा ७५ प्रतिशत भन्दा बढी अंक ल्याउने आफ्नो क्षेत्रका विद्यार्थीलाई ल्यापटप दिने , सडकको विकास, खानेपानी, सामुदायिक भवन, रोजगार, नदी नियन्त्रण , एक घर एक रोजगारीको व्यवस्था गर्ने, आदिबासी जनजाति मुस्लिम समुदायको संस्कृति झल्कने संग्रहालय निर्माण गर्ने र सुकुम्बासी समस्या सामधानको एजेण्डा अघि सार्दै मत मागीरहेका छन् ।
मोरङमा यस पटक देशकै सबै भन्दावढी ६ लाख ४४ हजार ७ सय ८२ जना मतदाता रहेका छन् भने ६ नंम्बर क्षेत्रमा करिब १ लाख १० हजार ३ सय २२ जना मतदाता रहेको क्षेत्रिय निर्वाचन कार्यलय विराटनगरका प्र्रमुख प्रेम सञ्जेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्